Friday, June 30, 2023

प्रदीप नेपाल

  



कथा 

कारखानाi

कुरो काठमाण्डौकै हो । अहिलेसम्म गाउँघरतिर यस्ता काम हुन सकिरहेका छैनन् । यस्तो काम गर्न ज्ञानवुद्धि पनि चाहिन्छ । ज्ञान र वुद्धिको दुरुपयोगको राजधानी पनि काठमाण्डौ नै रहेको छ । होला भोलिका दिनमा यो पूर्वतिरको साँगाभन्ज्याङ र पश्चिमतिरको बाडभन्ज्याङ नाघेर पूर्वपश्चिम फैलिएला पनि । तर अहिलेसम्म यो कामको नेतृन्व काठमाण्डौ चेतनाले नै गरिरहेको छ ।
यस्तो काम भारततिर अलिक धेरै हुनाले तपाईँलाई यो नेपालको काम होइन कि भन्ने पनि लाग्नसक्छ । तर हामी नेपालीले धेरै कुरा भारतबाटै सिक्दै आएको हुनाले यो काम नेपालकै हो भनेर विश्वास पनि गर्नुपर्छ ।
काठमाण्डौमा एउटा चक्रपथ छ र अर्को अझै फराकिलो चक्रपथ बनाउनु पर्छ भन्ने आवाज पनि उठिरहेको छ । तर दोश्रो चक्रपथले आगन्तुकहरुको भीड बढ्छ र काठमाण्डौको रैथानेपन माथि अतिक्रमण हुन्छ भनेर दोश्रो चक्रपथ निर्माणको विरोध पनि भैरहेको छ ।
अहिलेको चक्रपथ बाहिर अनि पछि बन्ने नबन्ने ठेगान नभएको दोश्रो चक्रपथ भित्र एउटा कारखाना छ । यो कथाको केन्द्रविन्दु त्यही कारखाना हो ।
कारखाना, कारखाना जस्तै छ । कालान्तरमा कारखाना असफल भयो भने त्यसलाई यसो पुछपाछ गरेर त्यसैलाई पार्टी प्यालेस बनाउन सकिने गरी त्यसको सँरचना निर्माण गरिएको छ । नेपालमा औद्योगिक प्रतिष्ठानहरुमा लगातारैजस्तो आँैसीपूर्णे लागिरहने हुनाले कारखाना मालिकले बाहिरबाट हेर्दा अहिलेको कारखाना पछिको पार्टी प्यालेसको परिकल्पना गरेरै चार पर्खाल भित्रको त्यो सँरचना निर्माण गरेजस्तो बुझिन्छ । जस्तापाताको दुइपाखे छानो, एक लात्ति बजाएर हान्दा भत्किइहाल्ला कि जस्तो चार इन्चीको गारो । ससाना गाडी र मिनीट्रक भनिने सामान बोक्ने बाहनहरु सजिलै भित्र छिर्नसक्ने फलामे पाताको ढोका । बाहिरबाट हेर्न नमिल्ने तर बतास भित्र र बाहिर गर्नसक्ने अग्ला ठाउँमा बनाइएका ठूला ठूला प्वालजस्ता लाग्ने झ्यालहरु, चलनचल्तीको निलो रङमा रङ्गाएको छानो र भित्ताहरुले बाहिरबाट हेर्दा शान्त आकासको भ्रम दिने त्यो कारखानाको छेउमै अनामनदी नाम गरेको नाली बगिरहेको थियो । कारखानाबाट निस्कने दुर्गन्धसँग अनामनदी नाम गरेको नालीको दुर्गन्धलाई जित्ने भएको हुनाले कारखानाका मालिक र मजदुरहरुलाई नालीको दुर्गन्ध कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसैले तिनीहरु नाली छेउको त्यो कारखानामा रमाएरै बसेका थिए ।
पच्चिस रोपनीमा पैmलिएको त्यो कारखानाको अर्को एउटा राम्रो विशेषता थियो । चार पर्खाल भित्र ठूलो कारखाना भवन मात्र होइन, ठूलो हाकिम बस्ने “मैनेजर्स क्वाटर”, कामदार बस्ने “वर्कर्स क्वाटर”, भातभान्साको काम गर्ने “किचेन”, र तीन छाना भएको कारखानाको प्रयोगशाला भनिएको मध्यमखालको भवन भन्न मिल्ने “ल्यावरोटरी” लेखिएका एक दर्जन भुइँतले घरहरु पनि ओरिपरि छरिएर बसेका थिए ।
बाहिरका मान्छेलाई बिनाप्रयोजन कारखाना परिसरमा छिर्न दिँइदैनथ्यो । हुनत बाहिरका मान्छेले त्यस्तो चासो पनि राख्तैनथे । तर तिनको मनमा एउटा डाहा भने पलाएकै हुन्थ्यो सधैँभरि । कारखाना भित्रका सबै मान्छेहरु सुखी छन्, सन्तुष्ट छन् र टन्न पैसा कमाइरहेका छन् भनेर उनीहरुको मन पोल्थ्यो । तर उनीहरु झ्यालखानजस्तो त्यो कारखानामा थुनिएर काम गर्ने सोचमा पुग्ने मनस्थितिमा भने थिएनन् । कारखाना परिसर बाहिरका मानिसहरु काठमाण्डौका रैथाने भएकै हुनाले पनि उनीहरुलाई चार पर्खाल भित्रको कारखानामा थुनिएर काम गर्न मन नलागेको होला ।
अलिकति पढेलेखेका लागि भने त्यो कारखाना रहस्यमय लाग्थ्यो । त्यो कुनै चामल कारखाना थिएन । त्यो पीठो मील पनि थिएन । त्यसलाई तेल कारखाना पनि भन्न मिल्दैनथ्यो ।
सबैभन्दा सन्देही थियो जगन्नाथ मिश्र । त्यो कारखाना भित्र छिरेर कारखानामा के उत्पादन हुन्छ भनेर पत्ता लगाउने मौका खोजिरहेको थियो । उसको एउटा राम्रै चिनजानको साथी खाद्य निरीक्षकको जागीर खान्थ्यो । उसले आपूmलाई कारखाना भ्रमण गर्न मन लागेको गनगन गरेपछि एकदिन खाद्य निरीक्षक साथीले “हुन्छ, यसो औसर मिलाएर तपार्इँलाई लैजाउँला” भनेर उसलाई औसर पर्खिन अनुरोध गरेको थियो ।
त्यो मौका जु¥यो २०६७ सालको असौज १७ गते ।
कारखाना बाहिरबाट अनुमान गरेभन्दा विशाल थियो ।
जगन्नाथ दाहिनेतिरको कुनामा गयो । त्यहाँ बरफ बनाउने सानो मेशिन थियो । मेशिनको छेउमा एउटा डिब्बामा दुध, अर्को डिब्बामा इनामेल राखिएको थियो । बरफ बनाउने कारखानाका मजदुरहरु दुध र इनामेललाई असीनपसीन भएर घोलिरहेका थिए । इनामेलको लेदो दुधसँग सजिलै मिल्न मान्दो रहेनछ । त्यसैले मजदुरहरुले घरी मालिकलाई त घरी इनामेललाई आमाचकारी गाली गरिरहेको सुनिन्थ्यो ।
“यो बरफ त स्वास्थ्यका लागि हानिकारक पो हुन्छ,” जगन्नाथले आपूmसँगै गएको स्वास्थ्य निरीक्षकसँग गुनासो ग¥यो ।
“यसमा चाहिँ उपभोक्ताको प्रतिरोधात्मक शक्तिको पनि कुरो हुन्छ” स्वास्थ्य निरीक्षकले भन्यो, “काठमाण्डौको प्रदुषित वातावरणमा इनामेलको नकारात्मक असर पराजित हुन्छ भन्ने निष्कर्ष निस्किइसकेको छ । आम उपभोक्ता भन्दा उपत्यकाका उपभोक्ता फरक हुन्छन् । फोहोरमैला, टायरदहन जस्ता विनाशकारी प्रदुषणलाई पचाइसकेका हुनाले उपत्यकाका उपभोक्ताका लागि पातलो दूधमा बाक्लो इनामेल मिसाउँदा मौलिक बाक्लो दुधको स्वाद पाउछन् ।”
“तपाईँले जे भने पनि यो गलत काम हो,” जगन्नाथले आपत्तिको स्वरमा भन्यो ।
स्वास्थ्य निर्देशकले जगन्नाथको आपत्तिसँग कुनै सरोकार राखेन ।
“लेदो मिसिएको जूसको पक्षमा वातावरण बन्छ भने एउटा नाथे जगन्नाथले के लछारीहाल्छ र ! यो कुनै सेलिब्रटी पनि होइन, यसको कुरा कसैले पत्याउँदा पनि पत्याउँदैन” स्वास्थ्य निर्देशकले ढुक्कैको निष्कर्ष निकाल्यो ।
जगन्नाथ केही नबोली अगाडि बढ्यो । अर्को कुनामा चार पाँच बोरामा कालो दाल बोराको मुख खुलै राखेर प्रदर्शन गरिएको थियो । चारै बोराको आडमा कोइला पिसेर बनाएको जस्तो लाग्ने कालो धुलो थियो ।
“यो दाल त जस्ताको तस्तै हुँदा पनि हुन्थ्यो नि !” जगन्नाथले स्वास्थ्य निरीक्षकतिर हेर्दै भन्यो, “दुधमा त इनामेल थप्दा दुधको भोल्युम बढ्छ । तर सादा कालो मासको दालमा यो अहितकर कालो मोसो दल्दा न दालको तौल बढ्छ, न दाना ठूलो भएर मानामा बेच्दा नाफा हुन्छ ।”
“तपाईँलाई थाहै भएन अथवा तपार्इँले खालि एक दाना दालको हिसाब निकालेर यसो भन्नुभयो । पचास किलो दालमा दश किलो कालो धुलो थपेर त्यसलाई पन्ध्र दिन गोदाममा राखिदियो भने त्यो धुलो सजिलै दालमा समाहित हुन्छ । त्यसबाहेक पाकिसकेपछि दालको झोल कालो भयो भने मान्छेको मनले त्यही दाललाई सर्वोत्तम पनि मान्छ । हाम्रो चाहना भनेको उपभोक्ताको मनको सन्तुष्टी पनि हो र यस्तो कालो दालले सम्पूर्ण उपभोक्ताको मनलाई राहत दिन्छ ।”
“यो तपाईँहरुको सोह्रै आना वदमासी हो ।”
“शायद तपाईँ कालो दाल खानु हुन्न होला, नत्र यस्तो टिप्पणी गर्नु नै हुने थिएन ।” स्वास्थ्य निर्देशकको टिप्पणी सुनेर जगन्नाथ छक्क प¥यो ।
बिस्तारै मन विरक्तिन थालेको थियो जगन्नाथको । तर उ थाक्न सकेन । अझै दुई कुना बाँकि थिए सरसामानको भारी भएका । अमिल्चिएको मनको भारी बोकेरै भए पनि उसले ती दुई कुनाको सामाग्रीका बारेमा जानकारी लिनै पथ्र्यो । त्यसैहुनाले उ दाहिनेतिरको तेश्रो कुनातिर लाग्यो । स्वास्थ्य निर्देशक केही नभए जसरी उज्यालो अनुहारले उसलाई साथ दिइरहेको थियो ।
त्यहाँ त बोराका बोरा चाङ लाएर उभ्याइएको थियो । त्यसरी चाङ लगाइएका बोराको मुख भने थुनिएको थियो । तर ती बोराको आडैमा चियापत्तिको थुप्रो पनि टन्नै भएको थियो ।
“यो चियापत्ति किन यसरी असरल्ल पारेर फिँजाउनु भएको हो ?” जगन्नाथले सोध्यो ।
“अहिले यो चियापत्ति यहाँ सुकाइएको छ, रामरी सुकिसकेपछि बोरामा हालिनेछ । नसुकी हाल्दा चियापत्ति कुहुने खतरा हुन्छ ।”
कुरो सामान्य थियो । तै पनि अघिका दुई कुनाको सर्वनाश देखेको जगन्नाथको मनले सुकाइएको चियापत्तिमा अनुसन्धन गर्ने निर्णय ग¥यो । उसले पसारिएको चियापत्तिको छेउमा टुसुक्क बसेर सुकाउँदै गरेको चियापत्ति आफ्नै हातले चलायो ।
“कस्तो चियापत्ति हो यो वास्ना पनि नआउने, च¥याकचुरुक पनि नगर्ने !”
“तपाईँ पनि केही नजान्नेजस्तो गर्नुहुन्छ,” स्वास्थ्य निर्देशकले हियाएको स्वरमा भन्यो, “यो सस्तो चिया हो । एकपल्ट मात्रै प्रयोग गरेको, तारे होटलहरुबाट सङ्कलन गरिएको गुणस्तरीय चियापत्तिलाई हाम्रो नेपालमा बनेको चियापत्तिमा मिसाएर बेचियो भने सस्तोमा सस्तो, मिठोमा मिठो हुन्छ । गरीबले पनि मिठो चिया खान पाउनु पर्छ भन्ने मान्यताका कारण आविष्कार गरिएको चियाका बोराहरु हुन् यी ।”
“तपाईँ खाद्य निरीक्षक । तपाईँको जिम्मेवारी जनतालाई स्वस्थ खाद्यान्न उपलब्ध गराउने हो । जसले अखाद्य पदार्थ बेच्छ त्यसमाथि तपाईँले कारबाही गर्नुपर्ने हो । तपाईँजस्तो जिम्मेवार मान्छेले यस्तो अपराधी कर्मलाई स्वीकृति दिन मिल्छ ?”
जगन्नाथलाई अब यो निरीक्षक बेस्सरी रिसाउला भन्ने लागेको थियो । तर निरीक्षक त मन खोलेर पो हाँस्यो ।
“किन हाँस्नु भो ?” जगन्नाथले सोध्यो ।
“तपार्इँ कुन जुगमा बाँचिरहनु भएको छ भनेर हाँस्न मन लागेको । हिँड्नोस त्यो चौथो कुनामा पनि । त्यहाँ हामी गाइभैँसीको घिउमा जनाबरको बोसो, डाल्डा, चिउरी, पिँडालु मिसाउछौँ । तपाईँको मनमा के छ भन्ने मलाई यो कारखानाभित्र पस्नु अघि नै थाहा थियो । डराउने भए तपाईँले तपाईँले परीक्षण गर्ने कारखाना देखाउनुस् न भन्दा नै म तपाईँलाई टारटुर गरेर पन्छाउने थिएँ । तपाईँ सत्य बुझ्नुहोस् र खराब खान्कीबाट बच्नुहोस् भनेर नै यहाँ ल्याएर मैले सबै छर्लङ्ग पारेर देखाइदिएको हुँ । बुझाइदिएको हुँ ।”
“यो जनता विरुद्धको अपराध हो,” जगन्नाथले अलिक उत्तेजित हुँदै भन्यो, “तपाइँहरु माथि मुद्दा हाल्नु पर्ने हुन्छ ।”
“मुद्दा हालेर के हुन्छ ? कसले तपाईँको कुरो सुन्छ ? झुक्किएर मुद्दा जितिहाल्नु भयो भने पनि के हुन्छ ?”
“अरु केही गर्न नसके पनि एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गरेको ठहरिन्छ ।”
मज्जैले हाँस्यो खाद्य निर्देशक ।
“केटाकेटी हुनुहुन्छ तपाईँ । तपाईँले खाने हरेक कुरामा मिसावट हुन्छ । मिठो मानेर खाने हरिया काँक्राहरुलाई केमिकल हालेर फुलाइएको हुन्छ । स्वाथ्यवर्धक मानिने मरिचमा ढुङ्गा माटो मिसाइएको हुन्छ । महङगो चामलमा सस्तो कनिका मिसाइएको हुन्छ । तोरीको तेलमा अखाद्य तैलपदार्थ मिसाइएको हुन्छ । खुवामा पीठो अनि मिठाइमा स्याक्रेन मिसाउने काम त सामान्य भैसकेको छ ।
खाद्यमा अखाद्य वस्तु मिलाएर नागरिकको जीवनसँग अपराधी खेल खेल्ने स्वास्थ्य निर्देशकको कुरो सुन्दासुन्दै जगन्नाथ लाट्टियो ।

000

डल्लु, काठमाण्डौ
असौज ०६७

No comments:

Post a Comment