Saturday, July 1, 2023

दिनमान गुर्मछान

 


कथा

पराजित


             ऊ आफ्नै ओछ्यानमा छट्पटिरहेको छ । छट्पटिनु उसको पीडा हो । उसले बुझेको छ । यो छट्पटाहट उसको अनुभवमा धेरै दिनदेखिको हो ।

ओछ्यानमा ऊ सुतिरहेको त थियो, तर उसका आँखा आधा खुलेकै थिए । ऊ आफूमाथिको सिलिङमा झुण्डिरहेको पङ्खालाई ताकिरहेको थियो । पङ्खा स्थिर थियो, कारण बिजुली माइत गएको थियो । ऊ किन त्यो पङ्खालाई हेरिरहेको थियो भन्न कठिन छ । तर ऊ एकनाशले हेरिरहेको थियो । 

‘लोडसेडिङ्ग पनि कति भएको, जलस्रोतको धनी राष्ट्रको हालत यस्तो छ ।’ उसले पङ्खाबाट नजर हटाउँदै पर भित्तामा रहेको बुक¥याकमा दृष्टि पु¥यायो । यतिबेला उसको हात च्युँडोमा थियो । त्यहाँ भित्तामा बलेको मैनबत्ती जुन ¥याकमाथि थियो, त्यसको प्रकाश कोठाभरि मधुरो फैलिएको उसले देख्यो । फेरि उसलाई छट्पटी बढेर आयो । ऊसँग ओछ्यानमा एउटी महिला पनि मस्त निदाएको देखिन्थ्यो । त्यो हेर्दा उसकै श्रीमती हो जस्तो लाग्थ्यो । एउटै ओछ्यानमा सुतिरहेका छन्, यो प्रष्टै छ । रात बढ्दै गएकोले होला उसको शरीर हलचल नगरी ओछ्यानमा पसारिएको थियो । तर उसले श्रीमतीतिर ध्यान दिएको छैन भन्ने बुझिन्थ्यो । 

‘बाँच्नु छैन मलाई, बाँचेर के सार भयो र !’ एक्कासी सोच्यो उसले । वास्तवमा उसले धेरै दिनदेखि यही सोचाइमा आफूलाई पु¥याएको थियो । 

आत्महत्याको योजना उसको मनभरि खेलिरहेको हुन्थ्यो, तर ऊ यति डरपोक थियो कि आफूलाई टोकिरहेको लामखुट्टे पनि मार्न सक्दैनथ्यो । जिन्दगीमा कुनै पशु त के कीट समेत वध नगरेको उसको हात हत्या र हिंसा भनेपछि काप्ने गथ्र्यो । दस वर्षे जनयुद्धताका उसले कुनै पनि खबरपत्रिका पढेन । न त टेलिभिजनमा समाचार नै हे¥यो । छिमेकी वा साथीभाइले युद्धको खबर र घटनाबारे कुरा निकाल्दा ऊ पन्छिएर हिँड्थ्यो । ऊ हिंसाको कुरा सुन्न समेत नचाहने व्यक्ति थियो । तर धेरै दिनदेखि उसको मनमा आत्महत्याको योजनाको खाका नै बनिरहेको थियो । 

गर्मी कोठाभरि फैलिएकोे थियो । झ्यालतिर हेर्दा थाहा भयो त्यो खुलै थियो । तैपनि गर्मी बढिरहेको थियो । ‘बत्ती आए पो पङ्खा घुम्थ्यो.....।’ उसले छानामा झुण्डिएको पङ्खा हेर्दै मनमनै बोल्यो, आफैसँग । ‘अब संसार निरस लागिरहेको छ । जिन्दगी व्यर्थ हुँदैछ । बाँचेर नै के गर्नु छ र ! यहाँ कसैको अस्तित्वको भविष्य छैन भने हुनु र नहुनुमा के फरक छ र ! हो, त्यसैले अन्धकार जिन्दगी जिउनु भन्दा मेरो लागि मर्नु नै ठीक हो ।’ उसले बलिरहेको मैन तल अँध्यारो भने अवश्य देख्यो । 

हिजो मात्रै उसले खबर पत्रिकामा आत्महत्या गर्नेको समाचार पढेको थियो । हम्मेसी यस्ता खबर नपढ्ने उसले त्यो चाहिँ पढ्यो । त्यसबेला लागेको थियो, ‘बाँचुन्जेल कसले चिन्यो र तर अब मरेपछि भने धेरैले यसलाई चिने । राष्ट्रिय पत्रिकामा छापिएर यसको परिचय आम नेपालीले पाएका छन् ।’ त्योे प्रेमिकाको धोका सहन नसकी मरेको थियो । यसबेला उसलाई पनि पत्रिकाको खबर बन्न मन लागेर आयो । पत्रिकाको त्यो खबर धेरैपल्ट पल्टाएर पढ्न भ्यायो । किन दोहो¥यायो, तर जतिपटक पढे पनि खबर नयाँ झैँ लाग्यो । त्योे पङ्खामा झुण्डिएर मरेको थियो । ऊ आफू माथि छानामा झुण्डिएको पङ्खालाई एकोहोरो हेरिरहेको थियो । उसलाई लाग्यो यही नै उत्तम उपाय हो । समय खेर फाल्न उसलाई उचित लागेन र अनुमान लगायो । 

घरको छानो धेरै अग्लो थियो, त्यहाँसम्म हात पुग्न ऊ जस्तो होचो कदको मान्छेलाई मुस्किल त थियो नै, उसमाथि स्वास्नीले पासो लगाउँदा लगाउँदै देखी भने के गर्ने ? उसलाई यो विचार उचित लागेन । तर विचारको भुमरीमा पनि अल्झिरहेको थियो । 

ओछ्यानमा एक्लै सुतिरहेको भान उसलाई भइरहेको थियो । छेउमै सुतिरहेकी श्रीमतीको कुनै वास्तै थिएन । श्रीमती मस्त निदाइरहेकी थिई । यसैबेला उसले एउटा मित्रलाई सम्झियो, जो केही दिन अघिमात्र मुसाको बिष खाएर मरेको थियो । 

मित्र साह्रै दुब्लो, ख्याउटे थियो । जो आफ्नै श्रीमतीबाट प्रताडित भने अवश्य थियो । त्यसले बेलाबखत आफूलाई दुखेसो पोख्ने गरेको उसलाई अझै याद आइरह्यो । श्रीमतीमाथि उसको कुनै वर्चस्व कायम कहीँ कतैबाट थिएन । सायद त्यसैकारण मित्रले मुसाको विष खाएको हुनुपर्छ । मर्ने यही कारण हो भनेर ऊ मरेको थिएन । न त मित्रले उसलाई नै आत्महत्याको कुरो गरेको थियो । 

ओछ्यान गर्मीले भरिएको अनुभवसँगै उसलाई छटपटी बढेर आउँछ । उसले आज मैनबत्ती निभाउन अल्छी गरेको छ । आफैँ सकिएर निभ्छ भन्ने उसको विश्वास छ । 

ऊ मनमनै फत्फताउन थाल्यो, ‘हैन ! मैले जसरी भए पनि यो देहत्याग गर्नुपर्छ । मुसाको विष खाएरै मर्छु । म बाँचेर के नै हुन्छ ?’

उसको आँखामा यतिखेर आक्रोसको ज्वाला दन्किरहेको थियो । लाग्थ्यो ऊ जिन्दगीदेखि निराश र दुःखी छ । जीवन आफ्ना लागि फलदायक छ जस्तो उसले ठानेको छैन । त्यसैले ऊभित्र आत्महत्याको कल्पनाले जरो गाडेको थियो । कुन्नि के भयो, एक्कासी सोच परिवर्तित भइदियो । उसले तत्काल सोच्यो ओछ्यानमै, ‘जाबो मुसा मार्ने विष खाएर त मर्नु हुन्न । म त मान्छे पो हुँ । जात फाल्नु गुन्द्रुकको झोलमा । होइन यसो गर्दिनँ । मरे अनौठो तरिकाले मर्छु । अनि त पत्रपत्रिकामा छ्यापछ्याप्ती छापिन्छ । चर्चा परिचर्चा चल्ने छ ।’

ऊ त आफ्नो नाम पत्रिकामा छापिएको सम्झन थाल्यो । कल्पनामा ऊ आफैले आफ्नो मृत्युको समाचार पढ्यो । धत, कल्पनाको सागरमा पनि उसले आफूलाई मा¥यो ।

  भित्तामा झुण्ड्याएको तस्बिर उसको नै थियो, जो उसैलाई एकोहोरो हेरेर मुस्कुराइरहेको थियो । उसका आँखा त्यसमा परे । हुनुसम्मको रिस उठ्यो । ऊ आत्मग्लानीको मारभित्र आफूलाई पिल्साउन थाल्यो । कारण त्यो विवाह गरेको वर्ष खिचाइएको तस्बिर थियो । तस्बिरमा देखिएको उसको मुखाकृतिले त्यसबेला ऊभित्र धेरै नै सपनाहरु भएको थाहा हुन्थ्यो । वास्तवमा ऊ सपना देख्न जान्दथ्यो । 

आज ऊ विपनाको यथार्थतामा छट्पटिरहेको थियो । भित्रैदेखि औडाहा भएर आएको भान हुन्थ्यो । यतिसम्म  त उसको बढुवा रोकिएको अवस्थामा पनि भएको थिएन, तर आज उसको मन तुईनमा झुण्डिएको थियो । घनघोर वर्षा हुनुपूर्व लागेको कालो बादलसरी उसको अनुहारमा नैराश्यता छाएको देखिन्थ्यो । 

ऊ आफैँलाई धिक्कार्न थाल्यो । 

‘जिन्दगी कति निरस छ । उमङ्ग नभएको बेमौसमी अवस्थामा ओइलाएको पातसरि यो जीवन दिक्कलाग्दो छ । म के गराँै ?’ ऊभित्र बाढी भएर उर्लिएका प्रश्नहरुका खाकाको उत्तर आत्महत्यामै गएर टुङ्गिन्छ । आखिरमा ऊ आफ्नो शरीरको अन्त्य नै चाहन्छ तर अन्त्यको योजनामा ऊ द्विविधा भेट्टाउँछ । 

आत्महत्या त्यति सजिलोभने छैन । उसले यो कुरा बुझेको पनि छ । भित्ताको तस्बिरबाट आँखा अनायासै हटाइसकेको थियो जतिबेला ऊ गर्मी सहन नसकी पल्टिएको थियो । उसले पत्रकार भरत भुर्तेललाई अचम्म गरी एक्कासी सम्झियो । एउटा राम्रो लेखक पनि जीवनी लेख्ने योजना बनाई घरको कोलाहलमय वातावरणबाट टाढिएर एकान्तताको खोजीमा होटलको कोठामा देहत्याग गर्नु अनौठो थियो । त्यो हत्या थियो वा आत्महत्या भन्नुभन्दा पनि जीवित शरीरको हत्या भने अवश्य थियो । यसरी मर्नेहरुको लिष्ट एकपछि अर्काे गरी उसको मनमा आउँदै जाँदै गरिरहे । ‘बाध्यता त सबैमा हुँदोरहेछ नि’ उसले विचार ग¥यो, ‘मेरो वाध्यताको कुनै सीमा छैन ।’

      यो गर्मीको उकुसमुकुसमा मध्यरात ढल्किएको थियो । ऊ भने यस्तै कुराहरु सोच्दै रात काटिरहेको थियो । 

‘पूजनाले आत्महत्या गर्ने असफल प्रयास गरेकी थिई ।’ एउटा मित्रले केही समय पहिले जानकारी दिएको थियो ।

    ‘तिमीलाई कसरी थाहा भो ?’ उसले प्रश्न मित्रलाई तेस्र्याएको थियो । मित्रले प्रश्न खस्न नपाउँदै भनेको थियो, ‘पत्रपत्रिकामा छ्यापछ्याप्ति छापिएको थियो ।’

‘तिमी यस्ता कुराहरु किन पढ्छौ, हँ ?’

‘रोमाञ्चकता अनि कौतुहलता मेटाउन मित्र, तिमीलाई के थाहा यस्तो कुराको चुरो के हो भनेर । पूजनाले असफल प्रेमको कारणले आत्महत्या गर्न चाहेकी थिई । एउटा कलाकारसँगको प्रेम र शारीरिक सम्बन्धको असफल परिणामपछि उसले यस्तो गरेकी रहिछ ।’ मित्र व्यङ्ग्यविनोदपूर्ण मुस्कुराएको थियो । उसले सुनीमात्र रह्यो, कुनै प्रतिक्रिया जनाएन । मनमनै भने अवश्य सोच्यो, ‘सबैकुरा थाहाँ रहेछ मित्रलाई ।’

    ऊ ओछ्यानमा त्यसैगरी सोचिरहेको देखियो । 

‘एउटी महिलाले पनि आत्महत्या गर्ने आँट कसरी गर्न सक्दी होली ? हुन त उसले आत्महत्या गर्ने प्रयास गरिसकेकी थिई । म भने योजनाका खाका बनाएर अल्मलिएको छु’ उसले मनमनै विचार खेलायो । 

मध्यरातको निष्पट्ट अँध्यारोले कोठालाई घेरेको थियो । गर्मी शरीरमा ताप बनेर अतिक्रमन गरिरहेको थियो । हावामा ताप मिसिएर उडिरहेको जस्तो लाग्थ्यो । मैनबत्ती अघि नै उसले सोचेजस्तै गरी निभ्यो, जतिबेला झ्यालकोबाटो हँुदै मन्द हावा वेग बनेर हुलियो । त्यतिबेला उसले अलिकति शीतल महसुस गर्न पायो । ऊ आनन्दित भएको थियो । 

अहिले भने ऊ ओछ्यानबाट उठेको थियो । 

झ्यालबाहिर अन्धकार व्याप्त थियोे जुन उसले हे¥यो र थाहा पाइसकेको हुनुपर्छ अन्धकारभित्र अनेक रहस्यहरु लुकेको हुन्छ भनेर । त्यसैले उसले त्यहाँबाट नजर हटाउँदै ग्यास चुल्होमा टिकायो । चुल्होको पनि योजना बनाउन ऊ पछि परेन । उसले ग्यास चुल्होलाई राम्रैसँग नियाल्यो । छोयो र यसबाट निस्किने आँगोको रापलाई सम्झियो । आत्था ! ऊ झस्कियो । ऊ आगोदेखि धेरै नै डराउँदोरहेछ भन्ने लाग्यो । पोहोर आगोले पोलेको पो सम्झियो । हो त नि उसका हात पोलेर छाला नै पिल्सिएको थियो । त्यो पीडाले उसको मनभित्रै गाढा पीडा बनाएर बल्झिदियो । ऊ चुल्होबाट धेरै पर भागिसकेको थियो । यो उपाय पनि उचित ठानेन ।

ऊ गलिसकेको थियो । आत्महत्या उसको बसमा थिएन । त्यसैले थकित शरीर लिएर फेरि ऊ ओछ्यानमा लमतन्न पसारियो । बाहिर अन्धकारलाई चिर्दै बिजुली चम्किएको उसले थाहा पायो । पानी पर्ने छाँटकाट देखियो । झ्यालबाट चिसो भित्र हँुदै ऊसम्म पुग्यो । शरीर शीतल भएको अनुमानमा ऊ रमायो । रमाउनु कति उचित थियो उसले अनुमान लगाएन । बरू ऊ चिसो बढ्दै गएको आभासमा कान ठाडो पार्दै बाहिर पानी दर्किएको सुन्न थाल्यो । बाहिर साँच्चिकै पानी पर्न थाल्यो । परिरह्यो । 

घरीघरी बिजुली चम्किँदा देखिन्थ्यो, ऊ श्रीमतीसित टाँसिएर सुत्न पुगेको थियो । 

चिसो बढेको थियो । बाहिर मुसलधारे पानी पर्न थाल्यो । कोठा अब चिसिदै गयो ।  झ्याल थुन्ने होस उसलाई थिएन, बरू श्रीमतीलाई कस्सेर च्याप्न पुग्यो । कसिलो अँगालोमा बेर्दा न्यानो आनन्दायक भएको थियो । 

सायद यो गर्मीको पहिलो वर्षा थियो । धेरै दिनदेखिको गर्मी सहन यो सहरमा मस्किलै भएको थियो । दिनभरिको चर्को घाम र साँझको उकुसमुकुस वातावरणले सबैलाई पोल्थ्यो । लाग्थ्यो सबै यही सहरमा गर्मीको मारमा पग्लिनेछन् । मोम पग्लिएझैँ पग्लिन के वेर  । शरीर हाडछाला जो हुन लागेको थियो । सबैले धैर्य गुमाइसकेका थिए । 

धेरै दिनपछि शीतलता छाएको थियो, यो वर्षाले । बाहिर मज्जाले पानी दर्किरह्यो । 

बाहिर वर्षा के प्रारम्भ भएको थियो, भित्र ऊ विलिन देखियो ।  आफ्नै श्रीमतीदेखि अनभिज्ञ झँै अघिदेखि छटपटाएको व्यक्ति अहिले अँगालोमा थियो । त्यो अँगालो कति कसिलो थियो त्यो ती दुईलाई थाहा होला । ऊ आफै अघिसरेको थियो यो मामिलामा ।

यतिबेला उसको हातहरू जताततै सल्बलाउने उपक्रममा छातीसम्म पुग्यो । उसले आनन्दको अनुभव ग¥यो । उसलाई लाग्यो हात भित्रैबाट छिराएर स्पर्शको अनुभव मिठो हुनेछ, त्यसैले त्यो पनि ग¥यो । करेन्ट लागेझैँ भयो । ऊभित्र विद्युतीय फूर्तिको सञ्चार भएको आभासले ऊ रोमाञ्चित थियो । दवाब कसिलो थियो । बाहिर वर्षा अविरल हुने क्रममा थियो भने भित्र शीतलता ताप्ने क्रममा आगो दन्किरहेको थियो । आगो दुवैतर्फ सल्किसकेको रहेछ, त्यसैले त श्रीमती पनि साथ दिइरहेकी थिई ।

    त्यसपछि त्यहाँ के भयो थाहा भएन, बाहिर विजुली जो चम्किन छाडेको थियो ।

मिर्मिरे विहान भएर उज्यालो झ्यालहँुदै कोठामा छ्यापछ्याप्ती छरिने कोसिसमा थियो । ओछ्यानमा एउटा ठूलै शरीर लमतन्न भएर थकित निदाइरहेको पाइयो । एउटा संघर्ष भएको त्यहाँ अनुमान लगाउन सकिन्थ्यो, किनकि तन्ना अस्तव्यस्त जो थियो । त्यही ऊ निदाइरहेको थियो । एउटा थकित सिपाही झैँ सुतेको देखिन्थ्यो । बाहिर घामलाग्ने तरखरमा थियो । भान्छाकोठाबाट चुराको छनछनी आवाज निस्किन्थ्यो तर त्यो उसको कानले सुनेको थिएन । र त ऊ मस्त निदाइरहेको थियो । 

गर्मी फेरि बढिरहेको थियो । घाम पनि चर्किने क्रममा देखियो ।

भान्छाकोठाबाट निस्किएको छनछनी चुराको आवाज र पाक्दै गरेको मासुको गन्ध उसको कान र नाकमा एकै चोटि पस्यो । उसका आँखा खुले । यसबेलासम्म ओछ्यानमा पल्टिएको थाहा पाएर अलिकति लज्जित भयो । विहान बित्ने बेला भएको थियो । उसलाई ओछ्यान छोड्न मन लागेन । शनिबार हो आज, उसले थाहा पाइसकेको थियो । उसको शरीरबाट मिठो सुवासको गन्ध आएको चाल पायो । त्यो गन्ध उसकै श्रीमतीको शरीरबाट निस्कने गथ्र्यो । ऊभित्र अदृश्य खुसीको सञ्चार हुँदै थियो । वास्तवमा ऊ प्रसन्न देखिन्थ्यो । उसको मन हलुका थियो, चङ्गा जस्तै उडुला झैँ ग¥यो ।

  उसले अघिल्लो रातको अनुभवलाई आत्मसात ग¥यो । जिन्दगीको रमाइलो क्षण त्यही छ झँै लाग्यो । मन चङ्गासरि हलुङ्गिएर उडिरहेको थियो । उसले ओछ्यानबाटै भान्छातिर नजर दौडायो, जहाँ उसकी श्रीमती काम गर्दै थिई । 

उसलाई लाग्यो जिन्दगी अझ जिउन बाँकी नै रहेछ । अनायासै त्यतिबेला उसका आँखा भित्ताकोे तस्बिरमा पर्न गयो । त्यो विवाह गरेको वर्ष खिचाइएको तस्बिर थियो । तस्बिरमा देखिएको मुखाकृतिले त्यसबेला ऊभित्र धेरै नै सपनाहरु भएको थाहा हुन्थ्यो । वास्तवमा ऊ सपना देख्न जान्दथ्यो । 

यतिबेला ऊ सपनालाई जिन्दगीसँग दाँजिरहेको थियो । 


     000


No comments:

Post a Comment