शिक्षा-: वि. ए , वि. कम. , एम. ए. (नेपाली) , त्रिभुवन विश्वविद्यालय , किर्तिपुर ।
पेशा -: नेपाल विध्युत प्राधिकरणामा करीव ३५ वर्ष सेवा गरि अवकास ।
पिता -: मुक्तिराज अधिकारी
माता -: भिम कुमारी अधिकारी
श्रीमती -: कमला शर्मा (नेपाल)
छाेराहरू-: डा . शिरिषा अधिकारी
इ.श्रीजन अधिकारी ।
लेखन कार्य -: काठमाडौंवाट प्रकाशीत हुने नयां शन्देश साप्ताहीक पत्रिकामा पहिलाे कथा प्रकाशीत (२०३९ )
पशुपति क्याम्पस चावहिलवाट प्रकाशीत भएकाे पत्रिकामा कथा प्रकाशीत (२०४०)
रेडियाे नेपाल बाल कार्यक्रममा करीव तीन वर्ष सहभागी भएकाे (२०२९ देखि २०३१ सम्म ) साेही अवधिमा काे भन्दा काे कम अन्तर्गत कथा तर्फ सर्वप्रथम भएर प्रमाण पत्र र नगद पुरस्कार ।
सहभागीता -: विद्दुतकर्मि साहित्यिक समाजमा पांच कार्यकाल काेषाध्यक्ष र एक कार्यकाल उपाध्यक्षकाे रूपमा कार्यरत ।
प्रकाशीत कृति -: नागरिकता (कथा संग्रह २०७४) तथा विभिन्न साहित्यिक पत्रिकामा कथा, कविता , यात्रा संस्मरणहरू प्रकाशीत ।
ठेगाना -: काठमाडौं महानगरपालिका वडा नं ८
पशुपति , जयवागेश्वरी , काठमाडौं ।
----------------------------------------------------------------------
कथा
प्रत्यागमन
उ आएर थुचक्क बसी । मजेत्रोले तप्की रहेको पसिना पुछि । मजेत्रोको टुप्पोले अनुहारबाट कालो मैलो पसिनालाई सोहरेर ल्यायो । “छया कस्तो मैलो ....”आफनै पसिना देखेर घिनाई , जुरुक्क उठेर ऐना भए छेउ पुगि । तप्किरहेको पसिनासंग धुलोका कणहरु घोलियर उस्को अनुहार भरी टाटै टाटा कोरिएका थिए । टाउकोबाट तप्की रहेको पसिना अझै अनुहार भरी तप्की रहेकै थियो । सरासर भान्चामा गएर एक अङखोरा पानि गाग्रीबाट सारी् .....। त्यहि पानि लीएर आंगनमा झरी । एक अङखोरा पनिले मुहार पखाली । आंगन भरी कालोमैलो झोल बग्यो । त्यहि बगेको झोललाई टोलाएर हेरिरही । जीन्दगिको एक पाटो त्यहि झोल भएर बगे जस्तो लाग्यो । धोतीको सप्कोले मुख पुछी । कौतुहलताले छोपी हाल्यो । दौडिएर ऐना भए छेउ पुगि ठिङ उभिई ऐना अगाडी आफनो सिनित्त अनुहार देखेर मुसुक्क हांस्ने प्रयत्न गरि ।
झयालको बन्द खापा उघारेर उज्यालोलाई
निम्तो दिई । उस्को निम्तोलाई सहस्र स्विकार गरि घामको एक टक मुस्लो कोठा भित्र
छिर्यो झयालको सहाराले , कोठा भरी उज्यालो फैलियो । उज्यालो सगै
उस्ले पुरै कोठा भरि आंखा घुमाई । कोठामा रहेका प्रत्येक सामान संगको आफनो सम्बन्ध
र त्यस भित्र लुकेको भाबनात्मक संम्बेदनशिलता आदि ईत्यादिको पुनर मूल्याङकन गर्ने
हैसियतमा उस्ले आफुलाई उभ्याउन सकिन् । नचाहदा नचाहदै पनि उस्को आखां गएर ओछयानको
भित्ता पटि गएर रोकियो । उ टोलाएको टोलाए भई । आंखा पुरै भरीएर आयो । कानमा
रुवाईको झन्कार तरङगीत भयो । मन मस्तीष्कमा ज्वार भाटा उम्लीन थाल्यो । उ अडिरहन
सकिन् । धुप्लुक्क गएर ओछयानमा घोप्टोपरि । भित्रै देखि भक्कानीएर आएको रुवाईलाई
दबाएर राख्न सकिन् । घुक्क...... घुक्क.... रुन थाली । “बाबु........
बाबु...... मेरो बाबु .......।” सारा ओछयान छाम छुम , छाम
छुम गरि । सिरानीबाट एउटा पासपोर्ट साईजको
फोटो झिगी फोटो भित्रै टांस्सिन चाहि । घुतुमुने छोरो बोकेकी कलकलाउदो आफनै फोटो
प्रति उस्लाई ईस्या लागेर आयो । फेरी छोरोको अनुहारमा गएर उस्को आंखा टक्क अडियो ।
त्यस्तो घुतुमने छोरोलाई पनि उस्ले बाचई राख्न सकिन् । आफै प्रति घृण जागाउन पुगि
तर अपसोच ! उस्ले गर्न नै के सक्थी र ! उस्को पेशानै उस्को छोरोको काल भएर आईदियो
। उस्ले चाहेर पनि पुर्खैली पेशा छोडने हिम्मत जुटाउन सकिन् । उस्को जीउने आधारनै
उस्को परिश्रम हो । त्यहि परिश्रमलाई उ कसरी त्याग्न सक्थि र !
जन्म
न त उ काठमाण्डौंमा जन्मी । काठमाण्डौ्रको मुटुमै हुर्कि । काठमाण्डौको गल्लीमा
खेल्दै बढि । काठमाण्डौको प्रत्येक भित्रि गल्लिहरुमा उ सानो छदां बाबुको पछ पछी
पुगेकै हुन्दी । उस्का बाबु बिहान सखारै खर्पन बोकेर आफनो कार्यक्षेत्रमा लागि
हाल्दथे । उ पनि आखां मिच्दै बाबुको पछि पछि लागीहाल्थी । छिप्पीएको रांगाको
चेप्टो परेको दुई टुक्रा करङको हाड हातमा लिएर बाबु फोहर उठाउदै खर्पन भर्दथ्यो ।
जनघनत्व कम थियो त्यसबेलाको काठमाण्डौंमा उस्को भागको फोहरले उस्को खर्पनको
एकापट्टिको भागमात्र भरिन्थ्यो अर्थात उस्ले खर्पनको अर्को पट्टिको भाग आफनी
छोरीको लागि छुटट्याएको थियो । त्यसैले त एकापट्टिको भागमा फोहर र अर्कौ पट्टिको
भागमा छोरीलाई राख्थ्यो । खर्पनको फोहर भने उ नजीकैको पर्ति जग्गामा लगेर बिसर्जन
गर्दथ्यो । यो उस्को पुर्खौली पेशा थियो । उस्का बाजे , उस्का बाबु , बाबु पछि उस्मा यो पेशा हस्तान्तरण भएर
आएको थियो । उस्को बाबुको उ बाहेक अरु सन्तान जन्मिएनन् । उ मात्र एक्लो सन्तानको
रुपमा बाबु आमाको कोखबाट जन्म लिई । उस्को दाजु भाई कोही जन्मिएनन् । उस्ले जन्म
लीएको केहि बर्षमा नै उस्की आमा मासछर्न हिडिहाली । उस्का बाबुले पनि उस्को मुख
हेरेर अर्कि बिबाह गरेन् । उ आमा बिहिन टुहुरी बनि । उस्को बाबु उस्लाई बिछिटटै
मायां गर्दथ्यो । उस्को पनि बाबु प्रति अगाध स्नेह थियो ।
त्यहि
पुर्खौली पेशा बाबुको मृतु पछि अशंको रुपमा उस्मा आयो । बाबुको नजीकको अंशीयार उनै
थिई । उ पनि आफनो पेशा प्रति निपूर्ण भैसकेकी थिई । हुनत उस्ले गर्ने काम र गर्ने
तरिकामा परिवर्तन भैसकेको थियो । अब उस्ले खर्पन बोक्नु पर्दैन थियो । खर्पनको
ठाउमा आधुनिक ठेला उपलब्ध भैसकेको थियो । उस्को काममा पनि बिबीधिकरण भैसकेको
हुनाले उस्को भागमा कुचो लाएर फेहर एकत्रित मात्र गरिदीए पुग्दथ्यो । त्यो पनि उठि
उठि लगाउने कुचोको अबिस्कार भैसकेको थियो । उ फोहरलाई एकत्रित गरेर सडक किनारमा
राखिदिन्थी । उस्को पुरुष साथि त्यहि फोहरलाई साबेलको सहाराले सोहरेर ठेलामा
राख्थ्यो र गन्तब्यमा पुर्याउथ्यो । काममा बिबिधता अएता पनि कामको बोझ र बाताबरण
भने निकै बिग्री सकेको थियो । शहरां मानिसको उपस्थिति बाक्लो भैसकेको हुनाले
उस्लाई सुम्पीएको निस्चित एरियाको फोहर सफा गर्ननै पनि दिन भरी जस्तो लाग्थ्यो ।
मानिसहरु पनि खररा टररा भैसकेका थिए । सबैका आखांमा लालसा र कृतिमता मात्र
झल्कन्थ्यो । बाताबरण दुर्गन्दित बन्दै गैरहेको थियो । समयको गति सगैं उस्मा जमानी
मसक्क मस्कीएर आयो । उस्को जवानीले सहाराको खोजी गर्यो । सहाराको रुपमा उस्ले आप्mनो
सहयात्री साथिलाई मन भित्र सजाउन पुगी । उस्को र उ संगै काम गर्ने पुरुष साथि
बिचमा मायां पे्रमको टुसो टुसायो । दुबैको चाहना एउटै भएकोले त्यो चाहनाले
झयाङगीने मौका पायो । एकले अर्काको भाबना बुझे , दुबैले सगै
बस्ने बाचा खाए ,सगै बांच्ने र मर्ने कसम दोहर्याए । दुबै एक
ज्यान भए अर्थात दुबै लोग्ने र स्वास्नीको रुपमा रहन थाले ।
भित्ताको
क्यालेण्डर पल्टीदै गयो । दश महिनाको गर्भ पछि उस्ले छोरो जन्माई । दुःखजिलो
छोरोलाई टुक टुक हिडने सम्म बनाई । उस्को लोग्ने पनि उस्लाई औधि मायां गर्दथ्यो ।
उ , उस्को लोग्ने र उस्को छोरो तिनजनको परिवारमा उ आफुलाई भाग्य मानी
सम्झन्थी । छोरोको निस्प्राण अनुहारमा उ आफनो भबिष्य बुन्थी । आफनो पेशा प्रति
उनिहरु सन्तुष्ट थिएनन् नै त्यसैले त छोरोलाई पढाएर ठुलोमान्छे बनाउने सपना सजाएका
थिए । लोग्ने स्वस्नीको झगडा कहिले कांही त परी हाल्थ्यो त्यसै बेला उस्को छोरोको
उपस्थितिले उनिहरुको झगडा साम्य हुन्थ्यो । उनिहरुको जीबन सुखमय रुपमा बितिरहेकै
थियो । कार्य क्षेत्रमा पनि उ छोरोलाई पिठयूमा बोकेर जाने गर्दथी । घरमा छोरोको
हेरचाह गर्ने कोहि थिएनन् । जब उ सुत्केरी भई त्यसबेला पनि उस्को जिम्माको काम
उस्को लोग्ने आफैंले समालिदियो । सानोमा आंत नभरीएको लुखुरे ज्यान , त्यस
माथि कामको बोझले उस्को लोग्नेले कैले आफनो जीउ लिन सकेको थिएन् । लाग्नेको शरिर
अबस्थाले र मायांले गर्दानै उ छिटट्ै काममा फर्कि , छोरोलाई पिठयूमा
बोकेर ।
शहरां
फोहर बडेको बडे भयो । उस्लाई अझै सम्झना छ । उस्को बाबुको खर्पन शहर भरीको फोहरले
पनि भरीदैन थियो । आजको जस्तो फोहर त्यति बेला थिएन् । तर आज उस्को भागमा परेको
क्षेत्रबाट मात्रै एक ट्रक फोहर दैनिक संकलन हुन्छ । एक ट्रक भन्दा बढि फोहर संकलन
त उनिहरु दुईले गर्दछन् । उनिहरुको रेखदेख खटन पटन गर्ने एउटा नाईके छ । जस्को
जुङ्गा बाक्लो र भद्दा छ । उ नाईकेलाई देख्न पनि चाहन्न ! किनकी नाईके छुच्चो ,खरो
,टररो र घिनलाग्दो छ । नाईकेको गिद्ददे नजर संदै उमाथी परिरहेको आभास
उस्लाई नभएको कहां हो र ! तर उ गर्न नै के सक्थी र ?
खोई
उस्को छोरोले कैले ज्यान लिन सकेन् । कति ओखति मुलो गरिसकी । कति धामि झाक्री
देखाई सकि तर छोरो भने कैलै तङिग्रएको होईन् । रात भरी खोकि रहन्छ । लगातारको
खोकिले छोरोलाई झन झन गाल्दै लग्यो । सन्तानको पिडामा उ छटपटाउन थालि , उ
गर्ननै के सक्थी र ! धर्मशालाको निसुल्क ल्किनीकमा लगेर छोरोलाई देखाई । डाकटरले
छोरोको छाती जांची सकेपछि भन्यो “तिम्रो छोरोको छाती खराब छ । एक पल्ट
सुबिघा सम्पन्न अस्पतालमा लगेर देखाउ ।” यति भनेर उस्ले प्रेस्किपिसनमा केहि
औषधिहरु लेखेर दियो ।
हातमा पे्रस्किपिसन बोकेर उ औषधि पसलमा पुगि ।
औषधी पसलेले पनि केहि बोतल औषधी उस्को सामुन्ने राखि दियो । उ त्यो बोकेर कोठामा
फर्कि । केहि दिन त्यहि औषधिको प्रभाब कुरेर बसि । अनेक देब देबतालाई भाकल गरि ।
जति गर्दा पनि उस्को छोरोको रोग निको भएन् । एक दिन त उस्को छोरो ओक्ष्याननै पर्यो
। अब भने उ सुबिदा सम्मपन्न अस्पतालमा पुगि । छोराकोहालत देखेर डाक्टरले उस्लाई
गालि गर्यो । ढिलो लेराएकोमा हकार्यो । उ चुपचाप सहि रही । आखिरमा गल्ती उस्को
थिएन् । कामले उस्लाई कैले फुर्सत भएन् । ढिलै भए पनि नाम चलेको अस्पतालमा उ पुगि
तेसैले एउटा आशाको त्यन्द्रो मनमा जागाई राखेकै थिई । त्यसलाई उस्ले मर्न दिईन् ।
त्यसैले त डक्टरको गालीलाई पनि सहर्ष स्विकार गरी । आशाको भाबनाले उस्ले डाक्टरलाई
हेरी रही । उस्को छोरालाई अस्पतालमै राखेर भर्ना गर्ने निर्णए लिय टाक्टरहरुले । उ
र उस्को लोग्ने दिन रात नभनि छोराको हेरचाहमा खटिरहे । तर अपसोच दैबको अगाडि कस्को
के लाग्छ र ! एक हप्ताको अस्पताल बसाई पछि उस्को छोरोले संसार छोडयो ।
छोराको
मृतुमा पनि उस्ले बिश्राम लिन पाईन । उस्को एक दिनको अनुपस्थितीमा पनि उस्को नाईके
उ प्रति खनिन्थ्यो । शहरको फोहर न हो एकदिन सफा नगरेको खण्डमा निकै दुर्गन्दीत
हुन्थ्यो । “धन्य दैब यो कस्तो पेशा अगांल्लीए छ ।” उ धिकार्थि । उस्को न्यास्रो पनमा
उस्को लोग्ने साथ दिन्थ्यो । दिन भरिको काम सकेर जब कोठामा फिर्दथे एउटा कुनामा
बसेर लोग्ने स्वास्नी रुन थाल्थे , छोराको सम्झनामा ।
समयको
गति संगै अब त उस्को लोग्ने उ सगं झर्कने गर्न थाल्यो । बेलुका अबेल घर फर्कने
गर्न थाल्यो । उस्को लोग्ने रक्सी पिउथ्यो । उ आंसु पिउंथी । रक्सीले लोग्नेको
कलेजो कोतर्यो । आंसुले उस्को कलेजो कोतर्न सकेन् । उ चाहन्थी शरीरको भित्री भाग
सबै कोतरोस र त्यसलाई कामै नलाग्ने गरि बिगारोस तर उस्को चाहना कैले पुरा भएन् ।
हुन त आंसु उस्को शरिरबाट निस्कीएको थियो त्यसमा कृतिमता मिसिएको थिएन् । बेदना र
पीडाको मिस्रणले उस्को शरिरलाई कोतर्न सकेन् । जुन बेला उस्को लोग्ने रक्सी पिएर
आउथ्यो । उ भने आंसु पि रहेकी हुन्थी । नभन्दै रक्सीले लोग्नेको कलेजो खायो । अबत
उस्को लोग्ने काममा पनि आउन छोडयो । नाईकेले लोग्नेको स्थानमा अर्कैलाई भर्ना
गरिदियो । रक्सी खाने बानि कैले छोडेन् । एक दिन त उ पनि ओछयान पर्यो । कैले न
फर्किने गरि संसार छोडयो । अब त उ एक्ली ! नितान्त एक्ली भई ।
उस्को
मन अधैर्यले रुमल्लीयो । कालो बादलको मुस्लो भित्र गएर त्यो रंगबगियो । कहाली
लाग्दो भबिष्यको कल्पनाले पनि उ निसासीई । जीबनका ओराली उकालि जता ततैका ढोकाहरु
पूर्ण रुपमा बन्द थिए । बाहिरबाट ढोका ढक ढकाएको आबाजले उस्को सोचाईमा पूर्ण बिराम
लगायो । हत्तन पत्त दौडिएर ढोका खोली । वाहिर उस्को नाईके उभिरहेको थियो । फेरि
त्यहि घिनलाग्दो अनुहार उस्ले आंखा अगाडी पाई । जति गरे पनि उस्ले त्यो मान्छेबाट
छुटकारा पाउन सकिन् । बिहानै त्यहि अनुहार दिउसै त्यहि अनुहार अबत बेलुका पनि
त्यहि अनुहार र त्यहि गिददे नजर । निशुल्क रुपमा प्राप्त भएको एकलौटि बिगदलाई पनि
उस्ले राम्रो संग खेलाउन पाईन् । रित्तीने गरि आंसु पगाल्न पनि पाईन् । रित्तीने
गरि आंसु पगाल्न पाए पनि त जीउ हलुङगो हुने थियो । त्यो पनि बिचैमा अबरुद्य भैदियो
। उस्को मौनतामा नाईके फुत्त भित्र छिर्यो । उस्को मन ढक्क फुल्यो । गहुङगो मन
लिएर उ पनि भित्र छिरी आफनै कोठामा एउटा संन्त्रास बोकेर । कुनै औपचारीकता बिनानै
नाईके गएर पलंङको पुछारमा थ्याच्च बस्यो ।
उस्लाई औघि रिस उठयो । उठाएर फुतत फालिदिउ जस्तो लाग्यो । कोपरेर छिया छिया बनाउने
चाहना जाग्यो । उस्ले आंट जुराएर धिमि स्वरमा बोली “कोठामा किन आउनु
भएको ।”
नाईकेले फुत्तै जबाफ फर्काई हाल्यो “ तिमिलाई
भेटन ।”
“ दिउसै भेटेको होईन फेरि बेलुका कोठामै आउनु
पर्ने के काम पर्यो त्यस्तो । भोली बिहान सडक सफागर्न आई हाल्छु नि !” उस्ले
नाईकेलाई सके सम्म कोठाबाट धबाउन चाहि ।
“बस न ! सडकमा यसो दुःख सुखका कुरा गर्न
भ्याईन्न । तिम्रो दुःखमा पनि यसो साथ दिउकि भनेर ।” नाईकेले नम्र
भएर भन्यो ।
उ उभिरहेकि थिई । आफनै कोठामा उ पराई बन्दै गै
रहेकी थिई । पक्कै नाईकेको आगमनमा स्वार्थ लुकेको हुनु पर्छ उस्ले अनुमान लगाई ।
फेरि एक पल्ट उस्ले त्यो धृणको प्रति मुर्ति घिनलाग्दो त्यो अनुहारमा आंखा घुमाई ।
त्यस्तो जरखटटे नाईकमो कसरी आज अचानक मानबता ओर्लिएर आयो । उस्लाई अचम्म लाग्यो ।
निस्चयनै यो स्वार्थि भांडो कुनै स्वार्थ पुरा गर्न नै आएको हुनु पर्छ । नाईकेले
कर्के आंखाले एक पल्ट तल देखि माथि सम्म हेरेर जुङ्गा मुसार्यो । उस्को कर्के नजर र उस्ले नाईकेलाई नियाल्नु
एकै पल्ट परेछ , दुबैको आंखा एक पल्ट फेरि जुध्यो । उस्ले
मजेत्रोले छाति छोपी । ढोकाको कापमा गएर
उभिई । बाहिर आखां फाली बाहिरी बाताबरणले मन उकासीयो । आंट जुटाएर ठुलै स्वरमा
हकारी “तपाई जानोस .....गै हाल्नोस .......मलाई तपाईको कुनै सहानुभुति
चाहिदैन् । ”
नाईकेले कुनै प्रतिकृया जनाएन् ।
पुन उ चिच्याई “तपाई जानोस
भन्या सुन्नु भएन जे कुरा छ भोली गरुला ।”
अब भने
नाईके जुरुक्क उठयो । “गई हाल्छु नि ! म बस्न आएको होईन क्यारे ! यसो
दुःख सुखका कुरा गरुला भनेर आएको ....।” उ आखां ठुलो पार्दै बाहिरीयो ।
एउटा क्रोधको ज्वाला कोठा भरी रङबङगीयो । एकै
छिनमा त्यो पनि नाईके सगैं पछि पछि दगुर्यो । उस्ले ढोका लगाई ।
वहिर गोंधुली आकाश निस्पस्ट अन्धकारमा रुमल्लीदै थियो । झयाल ढोका बन्द सगै कोठा भरी अन्धकारले राज गर्न थाल्यो । उस्ले बिजुली बत्ती बाल्न चाहि तर लोडसेडिङले बिजुली बत्ती बलेन । बिकल्पमा खोपाबाट एउटा मैन बत्ती झिगी र सल्काई । मैन बत्तीको प्रकाशले कोठा उज्यालीयो । कोठाका अन्तर कुन्तर धिप धिपे मैन बत्तीको प्रकाशले स्पस्ट रुपमा नदेखिय पनि हल्का उज्यालीयो । मुख सुकेको भान बल्ल भयो । एक अङखोरा पानि सारेर कल कल खाई । ढुक्कले लामो श्वास फेरि । फेरि उस्को आंखा गएर भित्तामा अडियो , जहां उ , उस्को लोग्ने र उस्को छोरो भएको एउटा फोटो झुन्डी रहेको थियो । त्यहि फोटोलाई हेरेर फेरि के के सोच्न थाली । आखांबाट आसुका भेल बग्न थाली हाल्यो । उस्को अत्माले पुकार्यो लाग्ने र छोरा उता एक्लै छन् म यता एक्लै छु । उस्ले के सोची कुन्नी । सरासर गएर एउटा मोटो डोडी लिएर आई । पलङमा चडी दलिनमा सुर्किन लगाई , अनि घांटिमा बांधेर पलङबाट झयाम्म हामफाली । एक पल्ट कटयाक्क आबाज आयो । आबाज सगैं उस्ले खुट्टा हल्लाई । एकै छिनमा उ तन्द्रङ लतरीई । उस्का आंखा गएर भित्तामा झुण्डयाएको तस्बिरमा गएर टक्क अडियो । त्यहि तस्बिरलाई हेरि रही .............हेरि रही ..............कैले नअघाउने गरी.........।
000
No comments:
Post a Comment