Monday, July 3, 2023

धनराज गिरी

 




कथा :


अति भएपछि


---- प्रोफेसर ढुक्कनारायण चौधरी,प्रोफेसर जगमोहन आजाद,प्रोफेसर शहीदशरण पाठकोपाध्या,प्रोफेसर आनन्दकुमार गोस्वामी,प्रोफेसर सार्थकसफलनारायण पदमपुरे,प्रोफेसर प्रेमस्वरूप कमलोपाध्याय,र केही बौद्धिक होइन,विवेकजीवीहरूको बैठक बस्यो जङ्गल सफारी लजमा,सौराहा घोषणापत्र लेखे सुमित्रानन्दन जोगीमारे दामादश्रीले। व्यापक छलफल भयो।" आजादपथ " नाम दिने घोषणा भयो। जिल्लाका सबै विचारकहरूको उपस्थिति थियो।

" साथीहरू,अब अति भयो। जसरी फेसबुकमा यतैको एकजना जोगीले अति गरेको हुनाले तीन कमेन्ट र पाँच लाइक पनि आउन्न,त्यसैगरी हाम्रा तमाम समय अनायकहरूको ल्याकतले यो देशको भलो भएन। अति भयो।खति भयो।दुर्गति भयो। मेरो दिमागको रोडम्याप हो हो,प्रचण्डपथ भनेजस्तै, त्यो त पूरै फ्लाप भयो। सबै फ्लाप। हरेक रङ्ग फ्लाप। यो राप र तापबाट देशलाई न जोगाए पाप लाग्छ।जब जागा तब सबेरा! यो कुइरेटकीय नगरीमा,मेरो एक योजना छ,सबैको कल्याण हुन्छ। पक्का हुन्छ। धेरै सोचेर आएको छु म । फिन्ली, अष्ट्रेलियामा मलाई पौने बुद्धत्व प्राप्त भयो। हामीले चाहेमा परिवर्तन सम्भव छ!" सबैले मुखामुख गरे। " गुरुदेवको योजनाले यहाँ धेरैको कल्याण भएको छ। योजना भन्न मिल्छ?" चेली,आजादकी, लेडी गब्बरकी नायिका,गरिमा घिमिरे। " कुरा आए राम्रो!" उज्याला मान्छे,पर्वतनारायण उखानपुरे अघि सरे। " सरको योजना पक्कै पनि राम्रो हुनुपर्छ । " नेपाली केशवप्रसाद रेग्मी परदेशी,पर्वतका दाजी अघि सरे। सबैको जिज्ञासा बुझेर आजाद अघि सर्यो।
------
यहाँ अनेक उत्तर आधुनिक म्यूजियम बन्ने छ। लीला हुनेछ। पाँच तले भवन, एन आर एन ए सित कुरा भएको छ। सम्पूर्ण नेताहरूलाई यही भवनमा राखिने छ। उनीहरूको अकूत सम्पति कब्जा गरेर अक्षय कोश बनाइनेछ। व्यापक प्रचार प्रसार गरिनेछ। हात्तीको मूल्य मरेपछि लाख भनेजस्तै यी उपादेयता खत्तम भएका नेताजीहरू पर्यटनकालागि कच्चापदार्थ हुनेछन् । आन्तरिक र वाह्य पर्यटन मौलाउने छ। यो बृहत् योजना हो मुलुकको हितको लागि। अझ व्यापक छलफल हुनेछ। कार्यपत्र बनाइने छ।हाम्रा शेरखान,कुमरोज सामुदायिक वनको नियमित यात्री " लाइभनारायण " श्री शारदानाथ बिस्फोट कमरेडको यसमा खास सहयोग रहने छ। " पुलुक्क हेरे,क्यामरा भिरेका तेज नयनवाला एक प्रकृतिप्रेमीले। बोले, " हुम्म, आजाद सरको कुरामा पूर्ण समर्थन रहन्छ। यी एम सी सी एस पी पी का नाजायज सन्तानहरूको लागि उपचार खोज्नुपर्छ। यी लाल दलाल नटवरलालहरू,यी ठोरीवादीहरू,यी नालायकहरूलाई यहाँ ल्याएर यिनको हैशियत बोध गराउनपर्छ।बरू म लाइभ प्रसारण गर्नेछु। " सहमति भयो।
----
योजनानुसार भव्य भवन बन्यो।ओशो क्याम्प सामुन्ने।दश कठ्ठा जमिन एन आर एन ए अभियन्ता देश देशावरले उपलब्ध गराए। सबै नेताहरू तानियो। पुस्तकालय नजिक। योग केन्द्र पनि नजिक। उखान सुन्न गाउँले आए।हरेक दिन प्रोफेसर जगमोहन आजाद हाजिर। गजल जोक सुनाउने। देउवाजीले खास रुचि देखाउनुभयो। बाबुराम पुरीको जेठान मात्र होइन,आरजूको पिता पनि भनेपछि " मित ससुरा" भनेर शेरहरू सुने। " उहिले परिचय भएको भए माधवजीको बैनीको खसमको स्थानमा राजदूत बनाउने नि!" देउवाजी पछुताए।उता ओलीजी पनि खुशी। काशीनाथ अधिकारीको अभिन्न मित्र,कुरा सकियो।माधवजी,वामदेवजी,झलजी,प्रचण्डजी पनि खुशी,गजल र हिन्दी गीत सुनायो। केही काङ्ग्रेसहरू म्यारिज खेल्न व्यस्त।भुइँ कटहर नास्ता,साथमा चार बुक।आजादले साथ दियो।ऊ पनि राम्रो अनुभवी हो।
----
सौराहामा पर्यटन उद्योग मौलायो। टिकट काटेर नेता नामका प्रजातिहरू हेर्न आए मानिसहरू। देश?उता नयाँ पुस्ताले देशमा सत्ता सम्भालेपछि चमत्कार भयो। सम्पूर्ण ठेकेदारहरूको ८०% समत्ति कब्जा गरियो। शिक्षा पूर्ण निशुल्क।दल दुई मात्र। चुनाव पन्द्रह बर्षमा। सम्पूर्ण ठूल्ठूला कर्मचारीहरू,जसले अकूत धनराशी कुम्ल्याएका थिए, देशले कब्जा गर्यो। विश्वविद्यालयका केही भी सी हरूको खाता कब्जा गरियो। करमारा महाजनहरूको ६०% सम्पत्ति कब्जा भयो। समाजवाद आयो।बीस लाख युवा स्वदेश फर्किए। पहिलो पाँच वर्षलाई रोडबर्ष घोषणा गरियो। त्यसपछि पानी। हेर्दाहेर्दै नेपालको अनुहार यति उज्यालो भयो कि मान्छेहरू जिल्ल। प्रोफेसर जगमोहन आजादलाई विशेष अभिनन्दन गरियो। नेपालीहरूको प्रतिव्यक्ति आय १८००० डलर पुग्यो।

" वास्तवमा नगरेर रहेछ। योजना नभएर रहेछ। प्रोफेसर जगमोहन आजाद जस्ता मानिसलाई देशले ढिलो चिन्यो। जे होस्,अब लुम्बिनी र सगरमाथाको इज्जत रह्यो। " भैरहवा मर्निङ्ग वाक ग्रुपमा कुरा भयो। आजादपथको किताब छापियो। त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरे "प्रा डा रमाकान्त पौडेल परिचितले" विमोचन भयो सौराहामा, त्यही म्यूजियममा। हरेक नेताको आयु ९५ बर्षको भयो। २१११ सालमा म्यूजियम खाली भयो। त्यसलाई होटेल लालुपाते भनेर नयाँ नाम दिने काम भयो,एउटा गुठी दर्ता गरी संस्थाले नै चलायो। " हाम्रो देशमा यस्तो पनि भएको रहेछ है कुनै समयमा। " प्रोफेसर जगमोहनको नातिलेआफ्ना दिदीहरूलाई सुनायो। बि स २१२२ मा उनीहरू नेपाल आएका थिए। " अति भए पछि,हो अति भएपछि तिमीहरूको पितामह जगमोहन आजादले त्यो योजना बनाउनुभयो।" प्रोफेसरकी कान्छी छोरी पूजा गुरुङोपाध्याय । उनले एउटा कविता पनि सुनाइन् ।

000

No comments:

Post a Comment