Monday, July 3, 2023

दिलीप शाह




जन्म : २०१६ साल ।
जन्मस्थान : जाजरकोट खलङ्गा, गणेशटोल, भेरी अञ्चल ।
शिक्षा : वि.एस्सी (कृषि), बेंगलोर ।
एम.ए. (समाजशास्त्र) त्रिभुवन विश्वविद्यालय ।
पेशा : कृषि ।
प्रकाशित कृति : मौन धारण ( कथा संग्रह ),२०६४ ,साझा प्रकाशन ।
जालो (लघुकथासङ्गग्रह), २०६६ , विवेक सिर्जनशिल प्रकाशन प्रा.लि. ।
श्रद्धासुमन (कथासङ्ग्रह), २०६८, साझा प्रकाशन ।
मुर्दार काठमान्डु (कथासङ्ग्रह ), २०६९ , साझाप्रकाशन ।
बघिनी (कथासङ्ग्रह), २०७०, याम्बुरी बुक प्वाइन्ट प्रा.लि. ।
चियर्स (कथासङ्ग्रह), २०७५ , भुँडीपुराण प्रकाशन ।
भ्रमण गरेका देशहरु ः भारत, श्रीलङ्का, भियतनाम, थाइलेण्ड, बहराइन, इजरेल ।
पुुरस्कार ः एनएलजी कला श्री सिर्जना पुुरस्कार, २०७१ ।
संलग्न संस्था तथा योगदान ः
क) त्रिभुवन माध्यमिक विद्यालय, जाजरकोटबाट २०३१ सालमा पहिलो पटक प्रकाशित ‘मालिका’ भित्ते पत्रिकाको सम्पादकहरुमध्य एक । .
ख) २०३५ सालमा गठन भएको युवा साहित्यिक जमात, नेपालगञ्जको सक्रिय सदस्य । यसले लघु कथा, लघु कविताजस्ता विधामा ‘नवरत्न’ गोजी पत्रिका प्रकाशन गरेको थियो ।
ग) २०७१ पुषसम्म कृषि विकास बैंकबाट प्रकाशित हुने .‘समष्टि’ द्वेमासिकको सम्पादक मण्डलको सदस्य ।
घ) नेपाल स्रष्टा समाजको आजीवन सदस्य ।

---------------------------------------------

कथा 

जिजीविषा

म सरकारी अस्पतालको बरण्डाको सिमेन्टेड भुइँमाथि इन्तु न चिन्तु हालतमा पल्टाइएको छु । धन्न ! भुइँमाथि प्लास्टिकको म्याट बिच्छ्याइएकोले थोरै भए पनि राहत भएको छ । अन्यथा सिमेन्टीको चिसोले नै परमधाम पु¥याइसक्थ्यो । यस्तो हालतमा पनि मलाई दुई वटा कारणले सन्तोष प्राप्त भएको छ । 

एक, बरन्डामा लम्पसार परी बेडका लागि प्रार्थना गर्ने मजस्ता बिरामीको सङ्ख्या चौरको भन्दा स्वभावैले न्यून छ ।

दुई, सङ्ख्या कम भएकोले बेड पाउने चान्स कैयौं  गुणा बढी छ । 

दिमागभरि करोडौ“ स्वार्थी जिनले स्थायी डेरा जमाएको मान्छेको जात । त्यसमाथि करिब–करिब घिटीघिटी अवस्थाको बिरामी । आफ्नो बाहेक अगाडिपछाडि, तलमाथि नयाँ  सडकको गेटलाई छानो बनाएर आकासका तारा गन्दै रात गुजार्ने माग्नेको भन्दा अझ दयनीय तरिकाले लम्पसार परेका रोगीको अवस्था कस्तो छ ? चिन्ता गर्ने, सरोकार देखाउने मलाई पटक्कै चासो छैन । 

मलाई आँखाका ढकनी खोल्न पनि महाभारत छ । लगातार सात दिनको मन्द ज्वरोले जीउ गलेको पि“डालु भएको छ, फत्याकफुतुक । सम्पूर्ण जोर्नी कटकट खाँदै छन् । ओठ चाट्दा–चाट्दा खडेरी परेको खेत भएका छन् । ज्यान गए एक घुट्को भन्दा बढी पानी घा“टीभित्र छिर्दैन । भित्र गएको पानी पनि बा“झो खेत पटाएझैं  हुन्छ । काटेर छाडेको कुखुराझैं  उफ्रिन्छ, मुटु । जे खाए पनि नानीको पखाला लाग्छ, बेस्वादको । गन्ध कुन चराको नाम  हो ? थाहा छैन । 

मेरो स्थास्थ्यस्थिति मध्यनजर गर्दा सदाका लागि कोमामा गइसक्नुपर्ने थियो । आत्मबलको कारणले हो वा यमलोकमा स्थानाभाव भएर हो वा दिन नआएर हो ?  अहिलेसम्म जेनतेन इन्धन सकिन लागेको थोत्रो इन्जिनजस्तो घ्यारघ्यार सास चलेकै छ । आधाजसो समय म बेहोशजस्तै हुन्छु । अर्ध बेहोशीमा गरुड पुराणमा वर्णित जुँगामुठे यमदुतहरू मलाई पृथ्वीलोकबाट उठाउन तयारी हालतमा उभिएको पाउ“छु । 

‘यस दुई बित्ते जिन्दगानीमा गर्न बाँकी अधुरा काम धेरै छन् । कान्छो छोराको बर्तवन्धसम्म गरेको छैन । बुहारी गर्भवती छ । नातिको मुख हेर्ने लालसा छ । श्रीमतीलाई तिरोभरो, लेनदेनका बारेमा जानकारी दिनै पाएको छैन । जनी गरी केही समय मलाई बक्सिनुहोस् । बरु मभन्दा बूढाखाडाको ताँती छ ।.............।’ म विक्षिप्त भएर बर्बराउँछु । 

‘बा ! जुस खानु हुन्छ ? ताकत लाग्छ ।’ छोरो टाढैबाट मलाई मन पर्ने आँपको जुस बढाउँछ । टाढैबाट किनभने नजिक आउन मनाही छ । ‘बेड नपाउन्जेलसम्म त जसरीतसरी थेग्नुप¥यो नि ।’ उसको आशय हुन्छ ।

‘.......।’ हातले म नाइँ को इसारा गर्छु ।


000
 
हप्ता दिन यतादेखि खानासँग एलर्जी हुन लाग्यो । खाने कुराको नाम लियो कि कन्पारो तात्तिइहाल्ने । कोखामा घुस्सी बजाएजझैं  लाग्ने । खाना सोध्न आउने मान्छेलाई टिपेर झ्यालबाट मिल्काइदिउँ  जस्तो हुन थाल्यो । हुँदाहुँदा  पानीसमेत घाँटीभित्र नछिर्ने भयो । त्यसबाट अजीबको गन्धजस्तो आउन थाल्यो । 

‘होइन के भयो तपाईंलाई । दालभातको नाम लिनासाथ भोटे कुकुर भइहाल्नुहुन्छ । गन्ध पनि ‘थाहा पाउँदिन’ भन्नुहुन्छ । बाहिर निक्लिने मन गर्नु हुन्न । सुइरोले घोच्दा पनि नरिसाउने मान्छे । झर्किनेफर्किने मात्र गर्नुहुन्छ ।’ मैयाँले मेरो आनीबानीमाथि सटिक टिप्पणी गरिन् । सतर्क गराउन खोजेकी हुँदिहुन्–‘बाहिर अनेकथरि हल्ला सुन्निन्छन् । छिमेकीलाई पनि भयो भन्छन् । कतै .......?’ 

‘.........।’ पहिलेको राधेश्याम भएको भए म कृतज्ञता प्रकट गरिहाल्थें  । त्यस दिनमा भने म धुवाँ  हालेको अरिंगाल भएँ , चिल्न तयार । धन्यवाद दिनुको सट्टा औंलाले दुवै आँखाकान बन्द गरी ‘भ्रामरी’ गर्न थालें  ।

‘के भएको छ ? यो मान्छेलाई, कुन्नि ! राम्रो सल्लाह त दिनै हुँदैन । मलाई पनि  खाँचै सिद्धि ।’ उनले घुँडामा मुड्की बजार्दै बाहिर निक्लिन् ।

000
 
‘आ......। होइन होला । कसरी हुनसक्छ ? मैले आफैंलाई आश्वस्त र विश्वस्त बनाउन खोजें  ।
यसका बलिया आधार के थिए भने यस महामारीबाट बच्न मैले जानेसुने जति सबै सावधानी अपनाएको थिएँ  । दिनदिनै ‘नेट’ टटोल्थें  । टिभीमा आउने कोरोनासम्बन्धि विज्ञापनसमेत बडो ध्यानपूर्वक हेर्थें । बिहानभरि पत्रिकाका समाचार तथा लेख अद्योपान्त  पढ्थें  । हेर्ने, पढ्ने मात्र होइन कि सम्भव भएसम्म अमल गर्थें । 

कोठाभित्र बस्दा दुईटा मुखाउरोले नाकमुख ढाक्थें  । दिनमै रात पार्ने गरी झ्यालढोकाका पर्दा ड्यामडुम लगाउंथें  । प्रत्यक आधा घण्टामा स्यानिटाइजरले हात रगड्थे“ । शरीरको देखिने ठाउँजति साबुनपानीले सफा गर्थें । लगाएको कपडा, सुतेको तन्ना दोश्रो दिनमै बदलिहाल्थे“ ।  बाहिरबाट ल्याएका खाद्यान्न दिनभरि घाममा सुकाएपछि मात्र घरभित्र लिने गरेको थिए“ । तरकारी पूरा एक रात फ्रिजमा राख्न लगाउंथें । काट्नुअगाडि पोटासपानीले सफा गरेर मात्र पकाउन लगाउंथें।  

यहाँसम्म कि बैंकबाट निकालेका, पसलेले फिर्ता गरेका नोट, चिल्लरसमेत पकेटभित्र राख्नुअगाडि पानीले सफा गरी घाममा सुकाउने गर्थें ।

यसका अतिरिक्त सूर्योदय हुनुअगावै म नियमित एक घण्टा योगा, प्राणायाम गर्थें । खुला ठाउ“मा आधा घण्टा जगिङ गर्न निक्लिन्थें  । आफन्त, साथीभाइ, छरछिमेकसँग भेटघाट, दुवासलाम बन्दजस्तै होइन कि बन्द नै थियो । अकस्मात बाटोमा कोही चिनजानको मान्छे जम्काभेट भइहालेमा भरसक तर्किन्थें  । बोल्नै परेमा निश्चित दुरी कायम गरी हालचाल सोध्ने गर्थें । ‘परानी रहे बात मार्दै गरौंला  ।’ म भेटघाट भरसक अत्यन्त छोटो बनाउंथें । मोबाइलबाट सञ्चोबिसञ्चो सोधपुछ गर्दा पनि बोल्ने भाँडोलाई रुमालले छोपछाप गरी सम्वाद गर्थें ।

घरबाहिर निक्लिंदा  र भित्र पस्दा डिटलपानी राखेको स्थानमा टिभीमा देखाएजस्तो गरी  रगडीरगडी हातमुख सफा गर्थें । त्यो पनि लरतरो तरिकाले हो र ! मयलले कटकटिएको टालो मिचमाच गरेसरि ।

मैले सकल परिवारलाई यही फलामे अनुशासनभित्र बाँधेको थिएँ  । यसको अर्थ मैले कोरोनारूपी विनाशकारी शत्रुको आक्रमणबाट बच्न अभेद्य किल्ला निर्माण गरेको भ्रम पालेको थिएँ  ।

‘यो त अति भयो बा !’ मेरो फलामे अनुशासनप्रति आजित हुँ दै उनी रोष प्रकट     गर्थिन् ।

‘सावधानी अपनाउनु नराम्रो होइन । तर .......।’ बुहारी पनि अति भएकै गुनासो   पोख्थी ।

‘घरभित्रै बसेको मान्छेलाई पनि भयो भन्छन् ।’ छोरो आगोमाथि घ्यू थप्थ्यो ।

‘प्रिभेन्सन इज बेटर देन क्योर ।’ कसले के भन्छ ? छुः मतलब ।’  म कुम उचाल्दै ठाडो जवाफ दिन्थें  । 

‘लौ, लौ गरौँ  । अति सर्वत्र वर्जयत् ।’ उनी कटाक्ष गर्थिन् ।

‘त्यही त भन्या । रोग आयो भन्दैमा सामान्य दिनचर्यासमेत ठप्प त गर्नु भएन नि । होशियारी अपनाउने पो त ।’ नाति थपथाप पाथ्र्यो ।

‘सक्ने जति गरौ“ । बातबा“की परमात्माको मर्जी ।’ म बहशलाई पटाक्षेप गर्थें ।

यति मजबुत सावधानी अपनाइसकेपछि त्यो पाजी भाइरसले मेरो शरीरभित्र घुस्ने हिम्मत नजुटाउनुपर्ने थियो ।

यसको विपरीत........।

000
 
म टङ्सिल रोगबाट पीडित भएको धेरै वर्ष भएको थियो । पानीमा भिज्नै नहुने, नाकभित्र धुलो छिर्नै नहुने । नाक सकबग गर्न थालिहाल्ने ।घाँटी खसखस गरिहाल्ने । ज्वरो आइहाल्ने । त्यस अभागी दिनमा पनि यस्तै लक्षण देखा परे । सोचें , बजार जाँदा रुझेको थिएँ  । पक्का टङ्सिल बढ्न थाल्यो । 
सधैंझैं  पानीमा नुनबेसार, तुलसीको पात पकाई ‘गार्गल’ गरें  । सुत्नुअगाडि सिटामोल      लिएँ  । खास असर भएन । 

भोलिपल्ट जिब्रोको स्वाद म¥यो । तेस्रो दिनमा नाकले गन्ध बिस्र्यो । पाँचौ दिनको राति भने जीउ कटकट खान थाल्यो । एक्कासी खोकीको साथमा सास फुलेर आयो । लगातार सुक्खा खोकी लाग्न थाल्यो ।

छैटौँ  दिन भइसक्दा पनि रोग बीसको उन्नाइस हुने छाँटकाँट  देखिएन । यसको मतलब मेरो घरेलु उपचारले काम नगरको प्रमाणित भयो ।

‘सा“च्चिकै भयो कि क्या हो ? चारैतिर यस्तै छ ।’ म पहिलोपल्ट सोच्न बाध्य भएँ । ‘भए पनि सामान्य होला । दुईचार दिनमा ठीक भइजाला । परिवारलाई किन चिन्तित     बनाउनु ? फेरि कोरोना लागेको व्यक्ति, घरलाई अछुतको व्यवहार गर्छन् ।’ म उपबुज्रुक हु“दै आफैंलाई थुमथुम्याएँ   ।

000
 
‘रातभरि सुत्न दिएका छैनन् । आफू पनि झिपिक्कै गरेका छैनन् । लानै पर्छ जस्तो   छ । तेरो बालाई मना ।’ उनले झरी पार्न मात्र बाँकी राखिन् । 

‘मान्नु हुन्न । कति जिद्दी हुनुहुन्छ ? तीस वर्षको सङ्गत । मैलेभन्दा ज्यादा तपाईंले भोग्नुभएको छ ।’ छोराले मेरो आदतको खोइरो खन्यो ।

‘त्यसो भनेर हुन्छ ? झ्याइ“कुटी पारेर पनि लिनुपर्छ ।’ उनले करै गरिन् ।

‘एम्बुलेन्स बोलाउँ  त ?’ छोराले नाइँनास्ती गर्न सकेन ।

मैले कोठाबाहिर आमाछोराको गलफती सुनें  । गलफती गरेको केही समयमै एम्बुलेन्सको साइरन बजेको आवाज आयो ।

‘जाउँ  । घरमा बसेर ठीक होलाजस्तो छैन ।’ छोराले अनुरोध होइन कि आदेश दियो । उसले अस्पतालमा चाहिने आवश्यक सामानसमेत झोलामा मिलाइसकेको थियो । 

मसँग हस्पिटल जानुको विकल्प बचेको थिएन । म गलिसकेको थिए“ । स्वीकार नगरेको मात्र हो । बा“च्ने रहर कसलाई पो हुँदैन र !

‘ठीक भएर फर्किनुहोला ।’ उनले धोतीको सप्कोले मुख छोप्दै बिदाइका हात      हल्लाइन् ।

000

‘बिरामी ल्याउँदै छु । अवस्था ‘सिरियस’ छ ।’

‘केको बिरामी ? लक्षण भन्नुस् त ।’

‘सुरुमा रुघा लागेको थियो । पछि ज्वरो आयो । अहिले जीउ तातो छ । छातीमा समस्या छ जस्तो छ । सास फुलेको छ ।’

‘बिरामीको अवस्था  सुन्दा ‘क्रिटिकल’ लाग्छ । बेडमै भर्ना गर्नुपर्ने अवस्था आउन    सक्छ । अक्सिजन चाहिन सक्छ । यहा“ दुवै ‘फुल’ छन् । अन्तै कोसिस गर्नुस् ।’

‘अन्त भेनेको कहाँ  हो ? बाटो देखाइदिनुस् न त ।’

‘त्यो त मलाई थाहा छैन ?’

‘प्लिज ! जीवनमरणको सवाल छ ।’

‘मेरो समय बर्बाद नगर्नुस् । अरू थुप्रै केस हेर्नु छ ।

‘हेलो......हेलो......हेलो.....।’

सायद छोराले सरकारी अस्पतालमा सोधपुछ गरेको थियो । झुक्किएरै होला, उसले मोबाइलको माइक्रोफोन ‘अन’ गरेकोले मैले सम्वाद सुनेको थिएँ ।

‘कस्तो देश हो, यो । तीस तीस वर्षसम्म सरकारी सेवामा काम गरी देशलाई उर्वर जवानी सुम्पेको, राज्यलाई निरन्तर कर बुझाएको निवर्तमान राष्ट्र सेवकलाई राज्यको निकायले उपचार गराउन सक्दिन“ भनी यस्तो निकृष्ट जवाफ दिन्छ । यो भन्दा लाजमर्दो के        हुनसक्छ ?’ उसले झन्नालि“दै, मुर्मुरि“दै पुनः उही नम्बर थिच्यो ।

‘देशको नागरिकले आकस्मिक सेवा लिन पनि नेता नै लगाउनुपर्ने भो त ?’

‘नेता लगाउनोस् कि डन । मन्त्रीलाई भन्नोस् कि मुख्यमन्त्रीलाई । केही गर्नसक्ने अवस्था छैन । सरी ।’

छोराको निक्खर बेसार हु“दै गएको चेहराको उतारचढाव हेरी मलाई बाँच्ने डोरी चुँडिनै लागेको भान हुँदै थियो र यस बेलामा म आफूलाई लाचार, विवश महसुस गर्दै थिएँ।

गनिमत ! छोराले भने हार मानिसकेको थिएन । युद्ध मैदानमा डटेकै थियो । कमान सम्हालेकै थियो ।

‘नमस्कार ! मलाई चिन्नुभयो होला । म महेष । सुरप्रतापको छोरा ।’ छोराले चुनावमा दिलोज्यानले सहयोग गरेको नेतालाई फोन हानेको हुनुपथ्र्यो ।

‘ए बाबु तिमी पो । किन नचिन्नु । तिमीले गुन लगाउनुसम्म लगाएका छौ । भन, म के सहयोग गर्न सक्छु ।’ नेता सायद मुडमा थियो । भर्खरै ठूलै कमिसन पो खल्तीभित्र हालेको थियो कि ? एउटा हातले स्कच समाती अर्को हातले सुन्दरी पिएका गाला मुसार्दै थियो कि ? 

‘मलाई केही गर्नु पर्दैन । बुवालाई भने ......।’ उसले भक्कानिंदै सम्पूर्ण वृतान्त वर्णन ग¥यो । यस देशको पदासिन नेताले जवाफ फर्काउने कष्ट बिसाएकोमा छोरो हदैसम्म कृतज्ञ हुनुपथ्र्यो । यस्तो उसको अवरुद्ध भएको गलाले दर्शाउँथ्यो ।

‘पर्ख । म केही गर्न सक्छु कि ?’ नेताले घना बादलबाट छिरेको मधुरो प्रकाशजस्तो केही देखायो ।

000
 
‘बिरामी सुरप्रतापको छोरा वीरप्रताप कता हुनुहुन्छ ।’ बिरामी र बिरामीका आफन्तजनको मेलाको जस्तो कोलाहलका बिचबाट एक जना सेतो एप्रोनधारीले टर्च      बाल्यो । टर्च किनभने बिजुली ‘गुल’ थियो । जेनेरेटर चलाउने प्राविधिक कोरोनाको त्रासले घरेलु उपचार गर्न भट्टिभित्र पसेको हुनुपथ्र्यो । अस्पतालको प्राङ्गनको भीडले नाकाबन्दीको बेलाको ग्या“स र मट्टितेलको लाइनको सम्झना दिलाउ“थ्यो । भीडमा आर्तनाद, क्रन्दन, बिलौना थियो । मशानघाटमा हुने चीत्कार थियो । 

‘म यहा“ छु ।’ छोराको नाम पुकारि“दा मलाई बोकेको एम्बुलेन्स अस्पताल गेटबाट प्रवेश मात्र गरेको थियो । ‘अब के गर्ने ? कहा“ जाने ? कसलाई गुहार्ने ? नेताले गफ मात्र लगायो कि ?’ ऊ बडो असमन्जस्यमा थियो ।

‘बिरामी कता ?’ डाक्टरले फेरि टर्चको उज्यालो छ¥यो ।
‘एम्बुलेन्सभित्र ।’ उसले एम्बुलेन्सतर्फ चोर औ“लो तेछ्र्यायो ।

‘बेड खाली छैन । कहिले खाली हुन्छ ? भन्न सकिंदैन । करिडोरको बिरामीको लाइनमा लाग्ने भए......।’ डाक्टरले अस्पतालको यथार्थ दुरावस्था वर्णन ग¥यो जसले देशको अस्थिपञ्चर भइसकेको स्वास्थ्य अवस्था र पदासिन नेताहरूको डिङ हाकाइको बिचमा कतै तालमेल नभएको छर्लङ्गै देखाउ“थ्यो ।

‘सहयोगका लागि धन्यवाद । कमसे कम चौरमा पल्टिनु त परेन ।’ कडा संघर्षका साथ उसले  स्ट्रेचर पाउन समर्थ भयो र बडा मुस्किलले मलाई करिडोरमा कुप्रो परी पल्टिन मिल्ने ठाउँ  बनायो ।

000
 
एक.....दुई......तीन.....चार....। 
मभन्दा अगाडि चार जना बिरामी हप्याक–हप्याक गर्दै थिए । उनीहरूको अवस्था मेरोभन्दा कै“यौ“ गुणा ‘क्रिटिकल’ थियो । तराइको ठाउँ  । गर्मीको महिना । जताततै फोहर । पङ्खासम्म थिएन । भित्ता, कुनामा थुकेका पानका छिटाले झि“गा, लामखुट्टे, साङलालाई मिष्ठान्न भोजन पस्केजस्तो लाग्थ्यो । बिरामी हलचल गर्न सकिरहेका थिएनन् । त्यसैले झिंगा महानुभावले मस्तसँग  भोज गरेपश्चात बिरामीका चेहरालाई आरामदायक सोफा बनाएका थिए । लामखुट्टेले रगतको रस्वास्वादन गरी शक्ति संचय गर्दै थिए । साङला महासय ढाड जाँघ, पिंडौला, पाखुराभित्र घुसी बेफिक्रीसँग  फुटबल खेल्दै थिए ।
000

बिरामीका लागि जाउलो, सुप आदि ल्याउनका लागि घरको एक जना सदस्यलाई भेट गर्न दिने नियम छ । रोग सर्ला भन्ने डरले छोरोबाहेक सबैलाई भेट गर्न मनाही गरेको छु । बाँचे भेट भइ त जाला ।’ सोच पालेको छु । त्यसै त मैया“ले सयथरिको रोग पालेकी छन् । बुहारी दोजीया छ । फेरि बुहारी काममा पनि जानुपर्छ । छोरो त मर्द हो । सानोतिनो संक्रमण त ह्याकुलाले पनि मिचिहाल्ला ।

‘बुवा ! बेड नम्बर एघार भर्खरै खाली भयो । मैले नेताको सोर्स लगाइसकें  । अब तपाईंलाई त्यही बेडमा सार्ने व्यवस्था हुँदै छ । चिन्ता नगर्नुस् ।’ छोरो उत्साहित हुँदै चार हातमाथि उफ्रिन खोज्छ ।

दुई जना मुखदेखि पाउसम्म छोपेका अस्पतालका सहयोगीले म पल्टेको बाटो भएर प्लास्टिकले बेरेको लास स्ट्रेचरमा हाली बाहिर निकाल्दै छन् । त्यहाँ  मृत्युपछिको वातावरण कहीं कतै छैन । न परिवार, न आफन्त, न साथीभाइ, न रुवाबासी । छातीमाथि बिदाइका  अविर, फूलसम्म छैन ।

‘हो र ?’ मेरा लोलाएका थकित आँखा आफसेआफ खुल्छन् । चेहरामा एक्कासी चमक पोतिन्छ । म भ्रम हो कि भनी नाडी चिमोट्छु । होइन रहेछ । जाँदै गरेको स्ट्रेचरमा बेड नम्बर एघार टाँगिएको छ । 

जिजीविषा यसैलाई भन्छन् क्या र !


000 





No comments:

Post a Comment