Friday, June 30, 2023

रामजी बलामी

 

कथा

कान्छी आमा





लामो समयको खडेरी पछी आज मुसलधारे पानी परेको छ । खडेरीले धान रोप्न नपाए पछि रोई कराई गरिरहेका किसानहरुकालागि ठूलो वरदानसावीत बनेको छ यो झरी । यस्तो मुसलधारे वर्षामा पनि बाहिर मान्छेहरुको आवतजावत निकै बाक्लो देखिन्छ । हातमा कोदालो प्लाष्टिक लिई सवै आ आफ्नै धुनमा कुदीरहेका छन । रोपाई गर्न नपाएर हातमुख नै जोड्न नपाउने हो कि भन्ने पिरमा डुबेका किसानकालागि पानी पर्नु भन्दा खुसीको कुरा के रह्यो र त्यसैले त त्यत्रो पानीको पर्वाह नगरी डौडीरहेका छन खेतमा पानी लाउन । यस्तै डोडधुप गर्दैछ पल्लो घरको दाजु नरेश पनि तर उसको हातमा न प्लाष्टिक छ न त कोदालो नै । ऊ कहिले माथी डौडन्छ कहिले तल न उसलाई कसैले लखेटेको छ न त उसले केही विगारेकै छ तर पनि विष खाएर छटपटाएको मान्छे जस्तै यताउती भोतारिदै छ । ऊ कसैको खोजीमा भौतारिदै छ घरको वेडनाले भौतारिदै छ केवल भौतारिदैछ ।

उसको घरमा श्रीमती छट्पटारहेकी छे, श्रीमतीको छटपटी असह्य भएपछि ऊ झाक्री बा को खोजीमा भौतारिदै छ । हुन पनि सुत्केरी जस्तो व्यथा ख्यालठट्टा गर्ने कुरै भएन । ऊ जतिसुकै दाँयाबाया तलमाथी गरे पनि लामो समय पछि पानी परेकाले कोही पनि मान्छे पाउन सकेन किनकी सवै आ आफ्नै खेतमा पुगीसकेका थिए । अन्ततः खेतमै पुगेर एक जना झाँक्री बा लाई बोलाई ल्याए । झमझम परेको पानी र ढल्किदै गएको उमेरका कारण झुक्री बा को हिडाईले उसको छटपती रोकिएन । एकछिन त बोकेरै ल्याए । मान्छे खोज्दाखोज्दा ढिलै भई भईसकेको थियो यता रन्जुको पिडाले सिमा नाघिसकेको थियो । जव उनिहरु घर पुगे त्यसवखत रन्जु बेशेसीमै कराईरहेकी थिईन । झुक्री बा ले झारफुक गरीरहदा रन्जुलाई पछाडीबाट समाईरहेको नरेश पनि झसंग भए । किनकी विहोसमा छटपटेकी रन्जुले उसको औलै टोक्दिए छ । नरेशको दाहिने हातको कान्छी औलाले सम्वन्ध विच्छेद गर्यो । हातबाट रगत बग्यो तर पनि उसलाई त्यती दुःख लागेन किनकी रन्जुको छटपती निको पार्न हरदम तयार थियो ऊ ।

संयोग नै मान्नु पर्छ झारफुक सक्नासाथ उनीहरु एउटा छोराको अभिभावक बन्न पुगे । रन्जुको शिथिल्ताले बढेको मुटुको चाल छोराको मुख हेर्दै केही शान्त महशुस गरे । एकातिर आमाछोरालाई सुताएर सरसफाई गर्न थाले । रन्जुको बेहोसपन अझै खुलेको थिएन उनको रगत पनि रोकिएको थिएन । नरेश आफै भित्र प्रश्नोत्तर गर्न थाले अब के गरु कसलाई बोलाऊ तर जवाफ आएन । उसले भान्छामा गई एक गिलास तातो पानी तताएर ल्याईन रन्जुको मुखमा हालिदिईन रन्जु निकै थाकिसकेकी थिईन एकैछिनमा आंखा खोलेर यताउती गर्न थाली त्यस पछि सुत्न खोजिन । हाउभाउकै आधारमा नरेशले ओछ्यान मिलाई दिए । रन्जुको रगत अझै रोकेको थिएन त्यसैले नरेशले गांउका छिमेकीलाई बोलाएर अस्पताल लाने निधो गरे । रन्जुलाई आफु बाहिर गएर आउछु भन्दै त्यहाबाट ऊ निस्के ।

पानी त रोकिएको थियो तर गांउघर सुनसानै छ । एकछिन हो हल्ला पछि छिमेकीहरु बोलाएर ल्याए उसले । ऊ घर आई पुग्दा रन्जुको होस गुमिसकेको थियो रगतको खोलो गरिरहेको थियो । यस्तो अवस्था देखेर सवैले सहयोग गरी थोत्रीएको गांउको एम्वुलेन्स बोलाई रन्जुलाई अस्पताल लगियो । छोरो पाएको खुसी भन्दा रन्जुको अवस्थाले निकै चिन्तित थियो ऊ । रन्जुलाई अस्पताल त कुदाए तर विडम्वना अस्पतालको प्रांगण मै पुग्न नपाई उनले यस धर्तीबाट सदा सदाकालागि बिदा लिईन बाहिर प्रकृतीले आंसु झारीरहेका बखत नरेशको घरवारमा पनि धरधरी आंसु झर्यो । हुने हार दैव नतार रन्जुको त बेलेमा उपचार हुन नपाएर छटपटिदै स्वर्ग पुगीन तर ति शिशु जसले आमाको काख समेत देख्न पाएको छैन के होला उसको हालत

अजंगरको आहारा दैवले पुर्याउछ । अस्ती भर्खर छिमेकी अमिता भाउजु सुत्केरी भएको थियो । कोमल हृदयका धनी अमिता ति शिशुकालागि पनि आमा बनिदिईन । दुई छोराको एकै पटक आमा बननु पर्दा उनलाइृ दुःख होईन शान्ति मिलेको छ अमितालाई । पत्नीको मृत्युसंगै टोलाएको नरेशलाई एक दुई दिन त छिमेकीले पनि साथ दिए । फुट्न लागेको उसको मुटु केहीदिन जोगाउने काम त गरे तर केही दिन पछि नै उसको घर एक्लो हुन थाल्यो । एउटी चेलीबिनाको घर कल्पना गर्न पनि सकिन्न । यस्तै भएको छ नरेशकालागि । छिमेकीले पनि नानाथरीका कुरा कात्न थाले अव । कयौ दिन विते रात विते तर उसको मुहार फेरिएन शिर कहिल्यै ठडिएन आंखा कहिल्यै चम्किएन । यस्तै गर्दागर्दै रन्जुको एक वर्षे काजकि्रया पनि सक्यॊ ।

टोटेबोली बोल्न थालेको छोरो घिसि्रदै आफ्नो छेउ आउदा रन्जुको झलझली यादले नरेशको आंखा रसाउछ फोहोर लागेको छोरोको भोटो देख्दा पनि रन्जुलाई सम्झन्छ ऊ बाहिर कतै कसैको बालबच्चा देख्नासाथ आँखाबाट आंसु झर्छ उसको हात समाएर आंखा नचाउदै हिडेको जोडी देख्नासाथ भक्कानिएर रुन्छ ऊ । तर के गर्नु यस्तो मायालु जोडीलाई दैवले पनि देख्न नसक्दो रहेछ र त रन्जुलाई चुडेर लग्यो । छोरी भए पो ज्वाई छोरी नै विते पनि के को ज्वाई यस्तै व्यहार भयो उसको ससुरालीबाट पनि । विस्तारै टाढिदै जान थाले ससुरालीखलक पनि । दाजुभाई इष्टमित्र त सुखको वेला पो हाई भनछन् दुःखको बेला त खुचिङ भन्दै रमाउछन् । त्यसो त उमेरले भर्खर तीस टेकेको उसको मनले पचार नाघिसकेको छ ।

बनपाखा खेतवारी मेलापात घरगोठ जता गए नि रन्जुकै अभाव खत्किन्थ्यो । उनको अनुपस्थितले गर्दा दैनीकी झन झन दयनीय बन्दै गयो घरवार लथािलंग बन्दै गयो नरेशको । दोश्रो विहेको विरोधी ऊ रन्जुको मृत्युको पाँच वर्ष पछि बाध्यताले दोश्रो दुल्हा बन्न पुगे । ऊ मात्रै होईन दुल्ही बनेका अन्जु पनि दोश्रो दुल्ही नै थिईन । केही वर्ष अघि आएको पहिरोमा परेर पति गुमेपछि उनको पनि सिन्दुर पुछिएको थियो । बिहे गरु त आफ्नो छोराका बेहाल हुने नगरु त घरवारै नचल्ने भए पछि बाध्यताले मात्रै दोश्रो विहे स्विकारेका थिए नरेशले । तर सोचे जस्तो कहाँ हुन्छ अन्जुसंग कृत्रिम हांसो छरेर दिन धकेलिरहेको नरेश छोरा गणेशप्रति निकै मायु राख्थे । उसले अन्जुको तर्फबाट सन्तानको आशा राखेको थिएन तर के गर्नु । अन्ततः अन्जुको ढिपीका कारण विहे गरेको एक वर्षमै फेरी अर्काे एक छोराको बुवा बन्न पुगे ऊ ।

रन्जुले छोडेर गएको पनि दश वर्ष भईसक्यो तर पनि अंह नरेशको आंखा रसाउन छोडेको छैन । विहान बेलुका रन्जुको नाम नलिई अघाउदैन ऊ । छोराले आमा भन्नासाथ उसलाई च्यापेर रुन थाल्छन नरेश । एउटी आमाको नाताले गर्नु पर्ने व्यहार गर्न सकेन अन्जुले । आफ्नो छोरा भएदेखि नै गणेशलाई हात हाल्ने गाली गर्ने नसकने काम गरेन भनेर पिने गर्थी उनी । गणेश पनि दश वर्ष भईसकेको थियो । कान्छी आमाको ब्यवहारबाट दिक्क बनेको ऊ त्यहाबाट मुक्ती चाहन्थे कहिलेकाही बुवालाई सुनाउथे । तर के गर्नु कान्छी आमाको मायाँ कहां हुन्छ र उसलाई त बरु अमिताको माँया नै चोखो माँया लाग्थ्यो । बुवा भएको बेला कान्छा राजा भनेर ठिक्क पार्ने अरु बेला झपार्ने पित्ने यस्तो कान्छी आमाको व्यवहारबाट चिन्तित थिए गणेश ।

एकपटक दशैताका लिपपोट गर्न सानीमा संगै रातोमाटो लिन गएको थियो गणेश । अन्जु बाहिर बोरामा माटो भर्दै थियो उता गणेश भित्र माटो खन्दै थियो । अचानक माटोको ढिस्को खस्यो ऊ पछारियो उसको खुटटा थिचियो तर तत्काल निकाल्न सकेन । लामो समयको प्रयास पछि मान्छे त निकालियो तर खुटटा चलेन । अरुब सवैकालागि दशै आईरहेका त्यो बेला गणेशकालागि भने दशा लाग्यो । दशेको मुखैमा परेकाले दशै सकाएर मात्रै उपचार गर्ने भनेर अन्जुले जिद्दी गर्न थाली यसैकारण गणेशको खुटटा गुम्यो । ढिला उपचारका कारण जेठी श्रीमती रन्जु गुमाउन विवस नरेश यसवखत पनि ढिलो उपचारकै कारण छोराको खुटटा गुमाउन पुगे ।

त्यसै त विग्रेको हेर्न चाहने आनीमाले गणेशको यो हालत त उनको लागि हास्यरस बन्यो । बारम्वार लंगडो अलक्षण जस्ता घृणित शब्दले गाली गर्न थाले उसलाई । तर पनि चुपचाप सहनुको विकल्प थिएन ऊ सामु । कहिलेकाही बुवासामु भन्ो पनि केही सिप चलेन । हुन त ज्यामी कामले छाक तारिरहेको बुवाले के नै व्यवस्था गर्न सक्थे र अब उसको भन्नु के नै छ र केवल बुवा र एउटा बैशाखी । वस् त्यो भन्दा अरु केही छैन उसको । तीन कक्षा पढदाखेरी भएको त्यो घटनाले गर्दा उसले थप पढ्न पनि सकेन । एक दिन ऊ चल्लालाई केही खुवाउदै थियो एक हातले आफ्नै बैशाखी च्यापेर । न उसको खुटटामा चप्पल छ न त जिउ ढाक्ने कपडा नै । ख्याउटे शरीर लिएर बाध्यतावशः जिईरहेको थियो ऊ ।

सोही बेला एउटा गैरसरकारी सस्थाका प्रतिनीधिहरु गांउमा असहाय असक्त र अपांग भएकाहरुको तथ्यांक लिन आईरहेका रहेछन् । उसको हालत देखेर एक आईमाईको मन पग्लिएछ र सोधपुझ गर्दागर्दै ति महिला पनि गणेशलाई अंगालो हाल्दै रुन पुगेछ । आखिर ति महिला पनि सन्तानबिहिन आमा रहेछ । सानीमा अन्जुलाई पनि गणेश कसरी निकालौ झै भईरहेको थियो यता गणेश पनि सानीमा व्यवहारले दिक्क बनिरहेका थिए । यसैबखत उनीहरुले गणेशको पालनपोषण जिम्मा लिई गए ।

धेरै वर्ष वित्यो गणेश र त्यो परिवारको सम्वन्ध विच्छेद भएको । बुवा नरेश भने बेलाबेला छोरालाई भेट्न जान्थे छोराको हलक्क बढेको ज्यान र फुलेको मन देखेर खुसी सातेर फर्कन्थे ऊ । गणेशसंग अहिले भौतीक खुट्टा त छैन तर पनि आफ्नो खुट्टामा उभिन सक्ने भएको छ ऊ अचेल । कुनैवेला अनेक लााछना लगाउने छिमेकी नातेदार र कान्छी आमा समेत उनको प्रशंसा गर्न थालेका छन अहिले । आफ्नो आमाको जस्तो उपचार नपाई सकैको पनि मृत्यु नहोस भनेर एउटा क्लिनिक खोलीदिएको छ उपले आफ्नै पुख्र्यौली गाँउमा । अनि आफु जस्तै असहाय असक्त र अपांगहरुले समाज र घर परिवारबाट घृणित बन्न नपरोस भनेर एउटा अनाथालय पनि खोलीदिएको छ उसले । पहिले समाजकै घृणाको पात्र गणेश अहिले नमुना पात्रको रुपमा चिनिन्छ । आफुलाई हुर्काउने आमालाई पनि उत्तिक्कै सम्मान गर्छ ऊ । बैगुनी कान्छी आमालाई पनि गुण लगाउँन थालेका छन उसले ।

000

No comments:

Post a Comment