Saturday, July 1, 2023

टङ्क बहादुर आलेमगर

 



कथा  

झुटो प्रेतात्मा

  

दृश्य : पूर्बि नेपालको क्षेत्र दिक्तेल, ओखलढुंगा र भोजपुर जिल्लाको पहाडहरु । जहाँ आदिवासी जनजाति आदिम युगदेखि बसोवास गर्छन् ।

रक्सी परेन, हरेलो गन्हायो रक्सीमा । नानी, पैनी, फोसी र बाट नमस्काको दोष । जाड्को ओथ्रा उठेन, मार्च कम्ति लगाको आरोप  राजबेलीलाई नै ।

अति भए पछि श्रीमान् हर्केको वोली भुइँमा खस्न दिँदैन राजवेली पनि । झरङ्गे भएकी छे मृदुभाषी मान्छे । लोग्नेको रिस दुईभाई छोरा माथि झार्छे । कहिले वस्तु माथि पोख्छे । 

अनिकालको समय । जङ्गलबाट खसेर ल्याको एक डोको गीठा, पेटीमा विसायो । फुस्रै भई अघेना छेऊमा गुँडुल्किएर सुतेको दुइटा छोरा । सिकुवा भरि छन् कुखुराको सुली । कराउँदै छे भर्खरै बियाकी सिँगारी वाख्रा । तिनौटा चल्ला छट्पटी रहेछन्  खोङ्गी भित्र माऊलाई स्यालले टिपे पछि । खान नपाकी काली कुकुर लम्पेट परेर लम्पसार छे । बटिया बाछीको पानीपेट सम्म धसिएको छ ठाउँमा एक तिरन घाँस नहुँदा । कान्छो छोरो रुन थाल्छ  विउँझेर । काखमा राखेर चौबन्दीबाट टाक्सेको दुधको फाँचो निकालेर चुसाउन थाल्छे । नानीलाई भुईमा पछारी, दुधको मुन्टा टोकिदिएछ, दुध नआए पछि । आगो जोरेर कालो हाँडीमा खरानी पानी बसायो । उम्ले पछि चन्याको गीठालाई हाँडीमा हाल्छे । 

तीतो तीतो गीठाले पेटको समस्या केही क्षणको लागि हल भयो । झमक्कै साँझ प¥यो र्याई¥याई कराउँछन् झ्याँउकिरीहरु । अझै आ’छैन हर्के । पल्लो टोलबाट आ को थुम्केलीलाई दुइ डल्ला गीठा दिँदै भनि –“यो नानीहरुलाई लग्दिनोस है जेठाज्यू ।” भुइँमा राख्देको गीठा लिँदै थुम्केलील्े भने – “बुहारी हर्केलाई अलिक सम्झाऊ है ।”

“आज कता मन्टे कुन्नि अझै आ छैनन् । किन र जेठाज्यू ?” राजवेली सशङ्कित हुन्छे ।

“गहिरी टोलेसँग जुवा नार्दै थियो ।”

जुवा शब्दले झिर भएर घोच्यो राजवेलीको कलेजो । “यो  बिग्रेको मान्छे घरमा छाकछाकी छ । कहाँबाट ल्याए छ जुवा खेल्ने पैसा ?”

“लौ बुहारी थाहा छैन मताने बा’को चरित्र । अम्लो दिएर डुडोलो निल्छन् । चारै दाऊलाई पैसा दिन्छन् । जसले मार्छ उसकोबाट तुरुन्तै सैकडा पाँचको दरले व्याज सहित पैसा उठाएर हार्नेलाई दिन्छन् । अन्तिममा  एकजनाले जीत्छ तीनजना हार छन् । पैसा जति उसैकोमा । ऋण लिएकाका नाममा चारगुणा थैलो हालेर कपाली बनिन्छ । समयमा तिरेन भने बस्तु भाऊ, देखि जग्गावारीबाट असूलोपर गर्छ । हर्केलाई अइचोमा राख है बुहारी सिरीखुरी पार्ला नि ।”

ऊ छाँगाबाट खसे झैँ भो । उम्लियो रगत ठूलो खर्कुरामा चूक उम्ले सरी ऊ भित्रको नारीशक्तिले हौस्याएछ खालमै गएर लोग्नेलाई जगल्ट्याउँन् । तर अन्तरहृदयको ज्वाला मथरियो के के सोचेर ।

हर्के आएन । रातभरि निन्द्रा लागेन राजबेलीलाई । बीरबीर हुने वित्तिकै मातने बा को घरतिर जान निस्केकी ।  छेउघरे गुन्गुनाउदै झ¥यो । ‘नमस्कार मामा ।’ भन्दै राजबेलीले हात जोडि । ‘नमस्कार !’ छेउघरे भन्छन्  – ‘भान्जे बुहारी हर्केले खरबारी बन्दगी राखेर हारी सकेका छन् । 

राजबेली दगुरेर खालमा पुग्छे । लोग्ने कै पछाडि उभिएर त्यहाँका स्थिति नियाल्छे, चारै जुवाडेको दाहिने पट्टि बिडीका एकएक राश ठुटा छन् । कतै रक्सीका खाली कठुवा । छेउकोले कौडी हानेर भुइँमा खस्न नपाई नै हर्केले तीया भन्दै मुठ्यायो । र हातमा आरुका बियालाई छकछक पारेर हल्लाउँदै भन्यो – ‘ए ढुकुरे पैसा छैन भने तेरी स्वास्नी थाप, आज त्यो पनि तान्छु ।’ यति भन्न के भियायो राजबेलीले लोग्नेको कठालो समाप्दै चिच्याई – “थुक्क ! बिलटुवा जाडरक्सी खाँदा खाँदै जुवा खेल्ने भइस् । तँ अर्काकी स्वास्नीलाई जुवामा मार्ने ?’ कौडा खोसेर घरतिर  दगुरी र घरमा बलिराखेको आगोमा कौडा हालेर सन्तुष्टिको साँस लिई । यद्यपि राजबेली भित्र सल्केको आगो ओल्झी सकेको छैन । लोग्ने भित्र कुलतलाई कुचो लाउन सकि भने मात्रै जीवनको पहियाहरु नअटकी गुड्ने छन् ।

बाख्रा थुन्ने बेला हर्के मातेर राजबेलीलाई गाली गर्दै आयो । गोवर घसेउटो गरेकी राजबेलीलाई जकल्ट्याउदै कुट्न थाल्यो –“राँडी त्यत्रो समाजमा मेरो इज्जत फ्याक्ने । साथीहरुले जोइटिङ्ग्रे पानी मरुवा भने ।  तलाई आज नमारी छोड्दिन ।” 

राजबेलीले पनि मुख छाड्दै प्रतिकार गरी । सकि नसकि नङग्य्राई, दाह्री, चिथोरी र पनि लोग्नेले घाँटी निचोरेर मार्नै आटे पछि सन्नी मै एक मुड्की ठोकी । लोग्ने खुत्रुक्कै परेर लड्यो । त्यै माथि सुम्ल्याएर नाम्लो बोकेर मस्मेतिर लागि ।

त्यो दिन बाट झनै कटुता मौल्यो राजबेली र हर्केको वीच । बाझो नचल्ने दिन कहिल्यै थिएन  । हर्के झनै जुवातास खेल्न थाल्यो स्वास्नीको रिसले । राजबेली पनि हारी सकेकी थिई लोग्नेको आनिवानीबाट । परिणाम घरको सुख क्षण भयो ऋणमा डुब्यो । हमाली मासुमा नबिक्ने भइसक्यो हर्के । राजबेलीले पनि जाडरक्सी सन्काउन थाली । छोराहरु पनि सानै देखि विडी खाने लत प¥यो, आमा बाउले फ्याकेको बिडीको ठूटो तान्ने वानिले । छाडा उस्तै बोल्छन् बाऊआमाको भाषा सुनेर ।

यसो हेरि राजवेलीले हर्केको क्रुशले बुनेको बुट्टे झोलामा एक बोतल रक्सी छ । झिकेर नुनको ढिको टोकदै स्वाट्काई । 

हर्के खोरिया जोतेर आउँदा त राजबेली मातेर आगन मै लम्पसार छे । छोराहरु रुँदै छन् । अघेनामा मकैको अर्धकल्चो भात डढी सकेको छ । झोलामा हे¥यो रक्सी छैन हर्केको कनसिरी तातियो । राजवेलीलाई लछारपछार गर्दछ । राजवेली पनि लोग्नेसँग जुद्धै भन्छे – ‘तिमीले कुुकुरको मुत घिच्दा, मैले एक  घुट्को रक्सी खाई दिए जे ख्यास्छौ ख्याँस मुसमुन्दे्र ।’ 

आज हर्के चुपै लाग्यो ।

केहि दिन पछि फेरि रडाको मचियो । मुर्धुस जुधे । एउटाले खप्पर फो¥यो, अर्काेको टुटुल्को उठ्यो । छिमेकी आएर मिलाए । दुवैले रक्सी नखाने प्राण गरे समाजमा । मिलेर बस्ने भनि सहमतिको खिरिलो दाम्लो बाटे । बाउआमाको कसम लगाए । देवी देउता, खोला, डाँडाको पस्टन खाए । अलिक दिन त लाग्यो हर्के सुध्रियो । राजबेलीले पनि जाडरक्सी छोडी । 

तर आज फेरि एक मानो भाति निघारको निउमा कोहोलो मचियो । मारमुङ्ग्री भयो, खुकुरी र हसिया निकाले । गाऊँले पनि वाक्कै भएर आज छुट्याउन आएनन् । मजैले जुधे लोग्ने स्वास्नी । हर्केलाई खप्परमा मजैले दुखे पछि, तँ बामती नबस या म बस्दिन । साँझ तिर म आउँछु आजचाहि तँ या म, एकजना मर्नैपर्छ । एक दुई तीन मर्नै पर्छ । हसिया उद्याएर राख, म सिरुपाते खुकुरीलाई सान लाएर ल्याउछु । यो साच्चै हो ठट्टा नसोच्नु...............।” भन्दै पल्लो टोल हिड्यो हर्के ।

राजबेलीलाई पनि रक्सीले छोडी सकेको थियो । लोग्नेको कुरालाई मनन् गरि । सोची, सम्झी । मैले त्यो बिल्टुवा, मानेम धौरु, राडोलाई मारे भने म जेल पर्छु । या मलाई त्यसले मा¥यो भने त्यो जेल पर्छ । अन्तमा नानीहरुको बिजोग हुन्छ । त्यो भन्दा म नै छाँगाबाट हाम फालेर मरे भने त कमसेकम त्यसले छोराहरु पाल्ला । कतै मागि हिड्न त नपर्ला नानीहरुले । त्यही बाचोस् अर्काे ल्याएर मोज गरोस् मर्ने आफूखुशीले मर्छु भन्ने सोचले घाँस काट्ने जंगल तिर दगुरी । 

“आज त छैनस कि म छुइन । ए राजबेली मन्साप्री म आए जुद्धन ठिक परेर बस.............।” भन्दै मातेको हर्के ओरालो झ¥यो । खुकुरी छाम्यो दलसिङ्गोको भै छोडिए छ । हाँस्यो – राजबेलीलाई डर देखाउन पो भन्या त । मलाई लोग्ने जस्तो मान्दिन अनि के गर्नु त ...........? मनमनै बोल्यो ।

घरमा आगो फुकेको छैन । दुई भाई छोराहरु रुँदै छन् । बाउलाई देखेर रुन छोड्यो डरले । केबल हिक्का फुट्दै छ लुकाउन खोज्दा खोज्दै पनि । सिकुवामा उत्तानो परेर के के भन्दै कराई रह्यो । निकै बेरमा पनि राजबेली नकराए पछि छक्क पर्दै उठेर घरको चारै सूर हे¥यो, छिमेकीकोमा सोध्यो छैन राजबेली भोकै सुत्यो, नानीहरुलाई सुतायो उज्यालो भो राजबेलीको अत्तोपत्तो छैन । यता कता नातागोता कतै छैन राजबेली । हर्केलाई बल्ल थाहा भो राजबेली बेगरको जिन्दागी अपुरो, अफ्ठेरो रहेछ । राजबेलीलाई ऊ कति माया गर्दाे रहेछ थाहा पायो ।

भोलि पल्ट गर्दाे गाऊँ भेला भएर वन तिर हिडे राजबेलीलाई खोज्न । दुधकोशी किनार माथि छाँगाको थाप्लोमा दशी प्रमाण भेटियो राजबेलीका नमिले बरियो, कचिया हसियाँ र गम्छामा पोक्याई राखेको माखामुन्दो । 

धेरैले लखकोट  राजवेलीले लोग्नेको अत्याचार सहन नसकेर आत्मा हत्या गरिछे । हर्केले त्यो छाँगाको डीलमा बसेर हे¥यो तल दुधकोसी धागोबाट सिरिरिरि बतास आइरहेछ । कोशीपारी घाँसे दाउरेहरु ठाडो भाकामा विरह गाउँदै छन् । हर्केको ढुङ्गे मन पग्लियो राजबेलीलार्य सम्झेर । 

जातिय रीति अनुरुप राजबेलीको शुद्धाईको दिन चिन्ता राख्यो सातो छुट्याउन । राति सबै गाऊँले आएका थिए चिन्ता हेर्न ।

धामीले घरि काङ्लिङ्ग, घरि बाँस खुर्केर बनाको फुर्काले लिसो खेलाउँदै घरि ढ्याङग्रो बजाएर नाच्दै थियो । अचानका राजबेली थानी भएर लोग्नेको आँगमा उत्रियो । थरथर् काम्दै हर्के बक्न थाल्छ – “हेर म, यो घरको  राजेली हुँ ।

“लौ परमेश्वरी थानी ! भन तिमी कहाँ छौ के भयौ ?” गाऊँको एउटा  बुढो मान्छेले भन्यो ।

“हुहुहुहु................!” रुदै भन्छे – “मलाई यसले साह्रै दुख दियो र म आफ्नै खुशीले दुधकोशीमा हाम फालेर मरेँ । आमा आमा मरेनी ...............लौ मलाई माछाले लुछ्या गोहीले टोक्यो । म यति बेला नजलमा नथलमा अलन्तारमा छु । मलाई छोराको माया लाग्छ एक भाई त लान्छु है बाबु दुःख मन नगर्नु है ।”

“हुदैन पानी परमेश्वर छोराले पढ्न पर्छ, ठूलो मान्छे भएर समाज र देशको सेवा गर्न पर्छ । त्यसो ग¥यौ भने पाप लाग्छ ।”

“त्यसो भा यै मेरो लोग्नेलाई लान्छु ।”

“त्यो झन हुँदैन परात्मा ! नानीहरुको लालनपालन कस्ले गर्ने ?” एउटा उल्याहा टाइपको ठिटोले भन्यो – “हर्के दाईको मुख गन्हाउछ, काखी गन्हाउछ पसिना गन्हाउछ ।”

“हु हु हु हु ...........अनि म कहाँ जानु को सँग बस्नु । हुहुहुहु घाम भाँड बस्न खोजे अर्काले मरिस नआइज भन्यो । जुनले पनि आत्माको हत्यारा भन्यो । ताराहरुले पनि त्यसै भने । लौ अब म के गरौं ? 

“हे थानी तिमी अन्तै बस ...............।” अर्काे गाउँले ले भन्यो ।

“खै कहाँ जाऊ । हिमालले छोराहरुलाई नबालक छोडेर आइछस् यहाँ नआईज भन्यो । हावासँग उड्न खोे समाजलाई दुःख दिइछस् नआईज भन्यो । कोशी, खोला, नाला, छहराहरुलाई सोधे उनीहरुले पनि तेरो आत्मा अधुरै रहेछ नआइज भने । फूललाई सोधँे माटोलाई कर्म नदिआएछस् हुँदैन भन्यो । बादललाई सोधेँ कुकुर, विरालो र गोरुले तलाई नै खोज्दै छन् उतै जा भने । धर्तीलाई सोधेँ तेरो कुल पितृ रिसाका छन् भने । आकाशलाई सोधे यसरी मर्नेलाई कसैले सहरा दिँदैन । आत्माहत्या गर्ने, हत्या गर्ने, भ्रष्टाचार गर्ने, चोर्ने, ठग्ने, ढाँट्ने, लुकाउने झुट्टो बोल्ने, अल्छे यस्ता आत्माहरु महापापी हुन् । ती महापापीको स्थान कतै हुँदैन । त्यसैले मेरो पवित्र छातीमा ठाउ छैन भने । अब के गरौँ हुँ हुँ हुँ हुँ रुन थाल्छ ।

“हे राजबेली तिमी तिम्रै घरको कुनामा बस । हामी जे खान्छौ त्यही दिउला ।” धामीले काम्दै भन्यो ।

“छि छि मासु खान्न ।”

“के खान्छौ त ?”

“हेर बाबु म जाड्को फाक्चा, कोदोको किनिमाको झोल, धोसीबारको अचार, बोके टिम्वुरको मसला, चिउरी र घाराखुटीको तेल, भुटेको मकैको भात खान्छु । हेर बाबु मलाई चुवाको फुल र दुवारेको फूल चुल्ठोमा झुन्डायाई दिन पर्छ है ।”

“लौ हुन्छ आऊँ बस.....................” भन्दै धामी ढ्याग्रो ठोक्ै भित्र पस्यो ।

“हर्के फेरि दाह्रा कम्दै बक्छ – “सुन बाबु मलाई गोवर नमिसाई चोखो रातो माटोले लिपेको ठाउँमा राख अनि मात्रै आउछु हुँ हुँ हुँ हुँ .............।”

धामीले भने जस्तै गरेर लोहोरो राखेर थानी स्थापित गरे ।

त्यस पछि राजबेली थानी भएको गाउँमा चर्चित भो । हर्केको बाली कसैको बस्तुले खायो भने अर्मल नतिरुन्जेल बिरामी रहन्छ । कसैले घाँस चो¥यो भने हातै नचल्ने बनाउथ्यो । केटा केटीले तुलफुल टिप्यो भने रगतै छदाउथ्यो । प्रत्येक रात हर्केको सपनामा राजबेली आएर साँच्चै जस्तै गरेर जुध्न खोज्यो । कोही दैलो अगाडि उभिदियो भने काक्राक कुक्रुक पारेर डल्याउथ्यो । त्यो हर्केले राजबेलीको थानीलाई धूपधुवार दिई, कान समाएर माफ मागे पछि मात्रै निको हुन्थ्यो ।

यसरी समय वित्दै गयो । राजबेलीले आत्माहत्या गर्न उत्साहित पारेको नीउमा हर्के माथि झोसपोल भएन । घटना गाउमै सिमित रह्यो । तर राजबेली थानी भई छयास्छ्यासी भएको चर्चा भने डाँडापारी सम्म पुग्यो । हर्केले अर्काे विहे गरेन । जाड रक्सी र जुवातास छोडेर आफ्नै सुति खेतिमा लाग्यो ।

डाँडापारीको स्कुल धाएर पाँच पास गरेको हर्केको जेठो छोरो बर्जराज लक्का भयो । लाहु लाग्न गाउँले साथीसँग हिड्यो । हर्केले पनि रोकेन प्रदेश हिडेको छोरोलाई दरभंगा विहार (भारत) मा भर्ति भएर गोरखपुर, उत्तर प्रदेश (भारत)  मा इन्डियन आर्मीको तालिम गर्न पुग्यो । त्यहाँ आफ्नै नेपाली कप्तान रंगरुटले तालिम दिँदा रहेछन् । 

केहिदिनमा सोझो नेपाली ठिटो हुनाले कप्तानले बर्जराजलाई आफ्नै क्वाटरमा राख्यो । बेला बेलामा घरको काम सघाऊ पघाऊ हुँदा कप्तानी मैम साइबलाई पनि सजिलो हुने । कप्तानी मैमले पनि बर्जराजलाई आफ्नै छोरो जस्तै माया गर्थिन् ।

एक दिन कप्तानी मैमले मसला पिन्दै गरेको बर्जराजलाई सोधिन – बाबुको घर कहाँ पर्छ ? बाउआमा भाइवहिनी छन् छैनन् यस्तै यस्तै । बर्जराज निकिै गम्भिर भएर भन्यो – “मैम मेरो नाम बर्जराज भए पनि म भन्दा पहिलाको दाई जन्मने वित्तिकै खेरो गएकोले साक्र्या भनेर आमाले बोलाउनु हुन्थ्यो । अनि  छालाको कन्धनि बनाई दिानु भा’थ्यो । यस्तो नाम र छालाको कन्धनि लगाउनेलार्य यमराजले लान्दैन भन्दा रहेछन् ।” बर्जराजको कुरो सुन्दा मैम साहवको आकस्मिक छाति चस्कियो । बर्जराजले कोमल भएर आफ्नो नालीवेली बताउँदै, आमाले आत्माहत्या गरेर थानी भई छयास्छयासी भएको कुरा आमा मरेपछि बुबा फेरिएको यदाकदा आमा नहुँदाको दुःखेसो । बुबाको छाति छामेर आमा सम्झँदै निदाको कान्छो भाइले बुबाकै छाति चुसेर सुतेको, आमा सम्झेर रातभरि रोएको सवैले सिह लाग्छ भन्दा पनि नडराई सवैले सँगै लाग्छ आमाले हाम फालेर मरेको छाँगामा दिनौ जान्थ्यौं । आमा दुध कोशीको छाँगाबाट निस्कन्छन् कि भनेर बर्जराजको करुणामय सत्यघटना सुन्दा कप्तनीको आँखाबाट दुधकोशी र सुनकोशी बग्यो । च्याप्प बर्जरालाई समय र निधार भरि अविराम म्वाई खाईन र हात समातेर रुँदै भनिन् –“सक्यो र मेरो जेठो छोरो होस् । म तेरी अभागी आमा राजबेली हुँ ।”

बर्जे अचम्म भो – “हजुर मेरी आमा हुनुहुन्छ भने घरमा पुच्दै आएको थानी ? 

“खै कुन्नि  र जेठा ।” मैम साहव आँखा भरि चाईचाई आँशु पार्दै भन्छिन् । बर्जराजलाई अझै विश्वस्त पार्न मामली गाऊ, छिमेकीको नाम, भुम्जुम र गोरु जुरे डाँडाको बीचमा बग्ने दुधकोश,ि हलेसी, मल्ली डाँडा, स्याल्मे, ट्याम्के, लुपुखहरे, खोटाङ्ग दिक्तेल यस्तै यस्तै चर्चित नामहरु भनिन् ।

बल्ल विश्वास भो वर्जराजलाई र मैमसाहवलाई आमा र कप्तान साहबलाई बुबा भनेर खुट्टोमा ढोक्यो । अनि कोट्यायो सुदुर दुर्गम भेगबाट सुदुर अर्काको देशमा आइपुग्नुको कारणहरु ।

मेमसाहव आँशु पुच्छ्दै भन्छिन् – “साक्र्या ! टेरो बुबाको मुख्र्याईबाट बाँच्न र टिभीहरुलाई बचाउँन मुटुमा किलो जाकेर मर्न गएँ ठ्याँ छाँगे डीलमा । ट्याहा ढेरै बेर बस्यौ सम्झ्यौ टिभीहरुलाई, मेरा नानीहरुको कन्ठाबिजोग हुन्छ मर्डिन भन्याँ । टर टेरो बाऊले डाशा ढरेको ढियो डुइमा एक मर्नु पर्छ भनेर ।”

एकक्षण चुप लागेर बसिन् र आँशु पुच्दै भनिन् – “क्या गर्नु मर्ने प¥यो भनेर माखामुन्डो टिमीहरुलाई काम लाग्छ भनेर झिकेर गम्छामा पोक्याएँ नाम्लो बरियो राख्यौ र आमौँ भन्दै कराएर हाम्फाल्याको च्याप्पै चुल्ठोमा समात्यो कसैले । फर्केर हे¥या टिम्रो कप्टान साहेब रहेछन् ।”

“म कहाँ जाऊँ घरमा लोग्ने खुकुरी लिएर बस्या छ मार्न । माईट जाऊँ कोही छैनन्, एक भाई माइटी कहाँ गयो डस वर्ष भो हराको ।”

टेरो कप्टान साइब अझै सम्झाउछन् – “लडेको ढुंगाले त थलो हुन्छ । टपाईको उमेर छ, हाटखुट्टा छ जसले पनि सहरा दिन्छन् । सबै मान्छे निर्दयी हुँदैनन् ।”

म निकै बेर  घोरिए । मन भिट डुट कोसी उल्र्याको छ, के गर्ने  के भन्ने ?

“के सोच्नु भो  ?” झस्याङ्ग पा¥यो टेरो कप्टान साइबले । 

“मेरो हाट खुट्टा छन्, उमेर छ के टपाई यो डुखिलाई सहरा दिन सक्नु हुन्छ ?” सिधै यस्टो प्रश्नले टेरो कप्टान साइब अकबक्क परे ।

फेरि दो¥याएँ । उहाँ घोस्से मन्टो लगाएर भन्नु हुन्छ – “हान के भन्न भो त ? टपाई कसैको  श्रीमटी म अर्कैको श्रीमान् । भर्खरै बिहे गरेर पल्टन फर्केको ।” 

“त्यसो भए मलाई मर्न दिनोस् भन्दै छाँगा टिर दगर्छु ।”

फेरि हाटमा समाउदै भने – “फर्काएर समाजलाई जिम्मा लगाऊँ भने समय छैन । यासै छोडौं भने मेरो ढर्म होइन अनि कानुनी डोषी पनि हुनसक्छु । ओफ !! कटि अप्ठेरो समस्या भन्दै आकाशमा चील घुम्या  हेरी बसे । र विस्टारै भन्नु भो – “साँच्चै मसाग  जाने हो ? टर सौटासँग नारी डाँजेर खान पर्छ । पालैपालो पल्टनमा लैजाउला । कसले दुइटी  बुढी ल्याउदैन र लु हिड् ।”

म बेसुरमै टेरो कप्टानको पछि लागे न कहिले चिनेको देखेको । बाटो भरि टिमीहरुको अनुहार आइरह्यो । फर्कन्छु भन्या एक मनले फेरि  टेरो बाउलाई सम्झन्दा टर्सियो मन । कप्टान साहेबले नदेखि खुब रोए थुके यो अगति जिन्दगीलाई । हिजो सम्म एउटाले जिन्दगीलाई भोग्यो, कुट्यो रुवायो । आज देखि फेरि अर्काे मान्छेले यो ज्यानलाई .............। छिः छि ः छि ः ....................। कथा ठाहा यो मान्छे पनि साक्र्यावको बाउ जस्तै होला । ................या कटै लगेर रण्डीखानामा व्याज्ला.............? यस्तै कया क्या कल्परे भन थिट्र बडिया सल्कि रह्यो । पुरपुर ढुवा निकाल्दै । छोरीको जात, वस्तुको जात एउटै हुदो रै छ गोठालो, गोठ चरण घाँस फेरि रहने । खै अम्टाई, भुक्सार, जयनगर क्या क्या ठाउँ काट्दै ¥यालमा चढेर कल्कट्टा पुग्यौ । त्यस पछि कटा कटा सबै यहाँ टँसँग भेट भो छोरा । टर टेरो कप्टान साहेब टेरो बाऊ जस्टो डोखि त छैन । लाटो रिस ट छ टर  कुटेयाको छैन । मलै कराउँछ ...........। गल्ति भएपछि भान्नै प¥यो ।

बर्जराज आमालाई निर्निमेष कप्तान साहेवको शिक्षा, आमाको ममताको शक्तिले गर्दा पाँचसय रंगहरुबाट ऊ प्रथम आयो तालिम प्रशिक्षणमा ठूलठूला तक्मा, फूली, फित्ता तारा, अशोका भिर्ने हाकिमले स्यावासी दिए फूर्तिलो बर्जराजलाई ।

तालिम सम्पन्नको ऊर्जा, देश र माटो छुने हार्दिक इच्छा । जहाँ खेलेर हुर्कियो त्यो खरको छानो र चीमले बारेको बुुकुरे घर, सुध्रेको बुबा, धेरै माया लाग्ने भाइलाई हेर्न उस्तै आतुरता थियो । अतः दुई हाते विदा लिएर हाकियो बर्जराज घर तिर ।

घरमा पुगेर बुबालाई ढोगेर सिधै टारमा गयो । थानीको रुपमा रहेको लोहोरो झिकेर थुकेर, कुल्चेर गुहेगैरी तिर फ्याक्यो । बाऊ चाहिँ डराउँदै भन्छ – आममामा ! ए जेठा के गरेको अब भरै रगतै छदाउँछ । तेरी आमा झनै जागेकी छे । आउशी पूर्णिमा जातो पिन्छे मध्यरातमा ठ्याक्कै तेरी आमाकै स्वरमा खोक्दै हाक बारे गीत गाउँछे । आमा मरेको छाँगा तिर कोहि जादैन्न गाऊँले, दिउसै तर्साउछ अरे । 

बर्जराज बाबियो खर बाटेर बनाको थुप्रो कुचोले बढार्दै भन्छ – “यो यो थानी हाम्री आमाको झुटो पे्रताम्मा हो । आमा जिउँदै छन् भन्दै सबै कुरो सुनायो ।”

हर्के छक्क पर्छ । तर राजवेलीको झुट्टो प्रेताम्मा (थानी) बाट मुक्त हुनु पर्छ नत्र दुःख दिन छोड्दैन । 

साँच्चै राती भाइ चाहिँ फत्य्राककत्य्राक भयो । थानी लागेर । हर्केले संघारमा राजबेलीसँग माफ माग्दै धूपवाती गरे पछि कान्छा निको भो ।

झुटो प्रेताम्मासँग छुटकरा पाउने उपया तेरो जी ज्यूले बताएर मार्नु भा’छ । तेरी आमालाई पूनर्जन्म गराएर, कप्तान साहेव सँग बिहे ग¥याएर हाम्रै घरबाट अन्माएर पठायौ भने मात्रै थानीले दुःख दिन छोड्छ ।

बर्जराज  भोलि पल्टै पल्टन फर्कियो । पाँच दिन भित्रै आमा र कप्तान साहेवलाई लिएर घर आयो । राजबेली मानेका थिइनन् झुटो प्रेतात्माबाट मुक्ति हुनै पर्ने विवशता बताए पछि तयार भइन् ।

पुगेका साझ मै कप्तान साहेवले पुरै गाऊँलाई बोलाएर नारी अनुशारको जारी बुझाए हर्केलाई । जारी बुझेको कागज र जारीको रकम लेनदेन हुँदा समाजले जोसपूर्ण तालि बजाए । 

भोलि पल्ट छिमेकी लगायत पुरै गाउँलाई बोलाइयो राजबेलीको शिशु अवस्थालाई आशिष दिन, यास्मी, गुन्यौचोली र विहेमा भेलाभई प्रीतिभोज ग्रहण गर्न । त्यस्तै कप्तान साहेवले पनि आफ्नो गाऊँकाहरुलाई जन्ती आउन निम्तो गरे रित अनुशारको सर्दाम पनि ल्याउन भने । त्यो सवै खर्च कप्तान साहेवले दिने भए ।

भालेको डाक देखि नै मान्छे भेला हुन थाले । राजबेली मुखियाको ठूलो घ्याम्पा भित्र पसि पुनर्जन्म हुनु  । ठिक विहानको दशबजे, दशघण्टालाई दश महिना कल्पेर राजबेली घ्याम्पाबाट जन्मियो । जन्मेको छ मिनेटमा छदिन कल्पेर जात अनुरुप कर्मकाण्ड गरी राजबेली नाम जुराईइो । त्यसको ठिक ६ मिनेटमा छ महिना कल्पेर पास्नी गरियो । त्यसको नौ मिनेटमा नौ वर्षको सम्झेर राजबेलीलाई पिलासको चौवन्दी र गाऊमै बुनेर छिपेको छिपा गुन्यु र गीम्टीको बटुकाले बाँधि गुन्यो चोली दिइयो । त्यसको दशौं  मिनेटमा उन्नाईस वर्षको बनाएर बिहेको प्रक्रिया सुरु भो । योजना अनुरुप एव बोतल रक्सी लिएर राजबेलीको हात माग्न आए । कप्तानका गाऊलेहरु । कुरा छिन्यो, विहे शुरु भो अन्तमा कन्ने दान दिने बेलामा कुरा अल्झियो । साउती भो । समाजबाट निष्कर्ष आयो हर्केले नै बाऊ भनेर राजबेलीको कन्यदान दिनुपर्छ । हर्के मानेन, कसरी आफ्नो भू.पू. श्रीमतीलाई छोरी भनेर कन्यदान गर्नु ? गाउलेले सम्झाए केही हुँदैन अर्काेसँग गएर पराए भइसकेकी श्रीमतीलाई चेली सरह नै मान्न पर्छ र ऊ माथि कहिल्यै कुदृष्टि र कुनियत राख्न हुँदैन । जारी बुझिसके पछि सबै अतित होइएर नयाँ र स्वाच्छ भइसकेको हुन्छ । तिम्रो घर आफ्नी श्रीमती र जारको विहे हुदैछ यो तिम्रो महानता हो । अब कन्यदान गर्न के को हिच्किच ।

अन्तत : राजबेलीको कन्यदान कप्तान साहेबको हातमा हर्केले भकानिदै दियो । धेरैको आँखाहरु भिमmे । डयाम्ड्याम भरुवा र  झोसुवा बन्दुक पटिकए । नौमती बाजा बज्यो । आँशुकै धारमा अन्मायो पनि राजबेलीलाई हर्केले । जन्ति सहित घर देखि उकालो लाग्दा डोली भित्रको बेहुली राजबेली पनि डाको छाडेरै रोयो, बाटै भरि रोई रही ।

त्यसपछि हर्केको घरमा राजबेलीको प्रेतात्मा थानीले दुःख दिन छोड्यो । बर्जराज पनि अर्कै तिर पोस्टिङ्ग भयो । केही दिन चिठ्ठी चल्यो कप्तान साहेवसँग । त्यस पश्चात कुनै खबर आएन ।

पछि सुनियो दुवै भाई छोराबुहारी सहर झरे । हर्के गाऊ छोडेर झर्न मानेन एक्लै बस्यो । त्यही      बुकुरे घरमा । धेरै पछि सुनियो राजबेलीलाई पुकार्दै एक्लै म¥र्याे रे हर्के ।


000


गाईघाट –११, उदयपुर 

Email : tankagaighat@gmail.com

Mobile : +9779819939475

No comments:

Post a Comment